भारतमा २४ घण्टामा झण्डै डेढ लाख संक्रमित थपिए, ओमिक्रोन संक्रमित ३ हजार पार
काठमाडौं। भारतमा कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्टबाट संक्रमित भएको पुष्टि भएकाहरुको संख्या ३ हजार पार भएको छ । पछिल्लो तथ्यांकअनुसार ओमिक्रोन संक्रमितको संख्या ३ हजार ७१ पुगेको छ । अहिलेसम्म ओमिक्रोन भेरिएन्टबाट संक्रमित भएकामध्ये १ हजार २०३ जना निको पनि भएका छन् ।
भारतमा अहिलेसम्म २७ राज्यमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । सबैभन्दा धेरै ८७६ केस महाराष्ट्रमा भेटिएका छन् । त्यसपछि दोस्रो स्थानमा राजधानी दिल्ली छ जहाँ ओमिक्रोन भेरिएन्टबाट संक्रमितको संख्या ५१३ पुगेको छ । कर्नाटकमा अहिलेसम्म ३३३ केस भेटिएका छन् । शनिबार भारतममा २४ घण्टाको अवधिमा १ लाख ४१ हजार नयाँ संक्रमित थपिएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment