समुद्री लुटेराहरुलाई जहाजमा हालेर बीच समुद्रमा लगेर त्यत्तिकै छोडियो

डिसी नेपाल
२४ पुष २०७८ ११:५८

काठमाडौं। पश्चिमी अफ्रिकाको समुद्र तटबाट ६ हप्ता पहिले हिरासतमा लिइएका संदिग्ध समुद्री लुटेराहरुलाई डेनमार्कको युद्धपोतले बीच समुद्रमा लगेर एउटा सानो डुंगामा हालेर त्यत्तिकै छोडिदिएको छ । नोभेम्बरमा गिनीको खाडीमा घातक गोलीबारीको घटनापछि यी तीन संदिग्धहरुलाई हिरासतमा लिइएको थियो ।

डेनमार्कका सुरक्षाबलले आफूहरुले यस क्षेत्रमा यी लुटेराहरुलाई स्वीकार गर्न सक्ने देश खोज्न असफल भएको भन्दै उनीहरुलाई समुद्रमा छाडिएको बताएको छ । उनीहरुलाई स्वीकार गर्ने देश फेला ािर्न नसकिएपछि उनीहरुलाई नाइजेरियाली जलक्षेत्र नजिकै छोड्ने निर्णय गरिएको थियो । उनीहरुलाई खाना र इन्धन दिइएको छ ताकि उनीहरु तटनजिक पुग्न सकुन् ।

डेनमार्क पधिकरणका अनुसार २४ नोभेम्बरमा भएको गोलीबारीका क्रममा यी संदिग्धहरुले मालवाहक जहाजमा हमला गरेका थिए । लुटेराहरुका कारण जहाजको लागि तैनाथ गरिएको डेनमार्कको सेनाले गोलीबारीका क्रममा ४ जनालाई मारिदिएको थियो । डेनमार्कको नौसैनिक जहाजले ४ जनालाई हिरासतमा लिएको थियो । उनीहरुमाथि डेनमार्कका जवानहरुमाथि आक्रमण गरेको आरोप थियो जुन आरोप अभियुक्तहरुले अस्वीकार गरेका थिए ।

यी ४ मध्ये एक जनालाई घाना पठाइएको थियो जहाँ उसको घाइते खुट्टा काटिएको थियो । त्यसपछि उसलाई डेनमार्क पठाइयो जहाँ उनीमाथि हत्याको प्रयास गरेको मुद्दा चलाइनेछ । डेनमार्कको न्यायिक मन्त्रालयले यो एक व्यक्तिलाई समुद्रमा छोड्नु सुरक्षित नभएको बताएको छ । अन्य ३ जनामाथि लगाइएको मुद्दा रद्द गरिएको र उनीहरुलाई समुद्रमा लगेर छोडिएको उनीहरुका वकिलले समाचार एजेन्सी एएफपीसँग पुष्टि गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *