ओलावालेको ह्याट्रिकसँगै च्यासलविरुद्ध मनाङको सहज जित
काठमाडौं।च्यासल युथ क्लबलाई ५–० अन्तरले पराजित गर्दौ मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत घरेलु मैदानमा सतप्रतिशत जित निकालेको छ ।
विदेशी खेलाडी आफिज ओलावाले ह्याट्रिक गरेको खेलमा एडेलाजा सोमिडे र दिनेश राजवंशीले समान एक एक गोल गरे । जितसँगै पहिलो पटक पोखरा रंगशालालाई घरेलु मैदान बनाएर शीर्ष डिभिजन लिग खेलेको मनाङले तीन खेलमा तीनै जित हात पारेको छ।
पहिलो पटक मोफसलमा लिग खेल्न पुगेको मनाङले पुलिसलाई ३–१ ले पराजित गर्दा ब्रिगेड ब्वाइज क्लब (बीबीसी)विरुद्ध १–० को जित निकालेको थियो । योसँगै मनाङको घरेलु मैदानका खेल सकिएका छन् । ओलावाले लिगमा ह्याट्रिक गर्ने दोस्रो खेलडी भए । यसअघि विदेशी खेलाडी मार्टिन्सले सातदोबाटोको लागि ह्याट्रिक गोल गरेका थिए ।
जितसँगै मनाङले ८ खेलमा १९ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत रहेको छ । च्यासलले ८ खेलमा ५ अंक जोडेको छ । च्यासल लिगको १३औँ स्थानमा छ। आज नै भएको पहिलो खेलमा दशरथ रंगशालामा फ्रेन्ड्सलाई १–० ले पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब २० अंकसहित शीर्षस्थानमा रहेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment