कैयौं वर्षपछि भीषण हिमपातमा कम्तीमा २१ जनाको मृत्यु (१९ तस्वीरहरु)

डिसी नेपाल
२४ पुष २०७८ १७:०९
740
Shares

काठमाडौं। पाकिस्तानको उद्धार तथा राहत अधिकारीहरुका अनुसार त्यहाँको मरी र पंजाब प्रान्तको आसपास भएको भारी हिमपातका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । मरी हिल स्टेशनलाई ‘पहाडकी रानी’ भनिन्छ र चिसो मौसमका बेला यहाँ भारी संख्यामा पर्यटक आउँछन् । यहाँ भएको भारी हिमपातका कारण सडकमा गाडीहरु जाम भएर लाइन लागेको छ । हजारौं मानिसहरुले चिसो सडकमै रात बिताउनु परेको छ ।

अहिले यस क्षेत्रमा पर्यटकहरु आउन प्रतिबन्ध लगाइएको छ । सरकारले इस्लामाबाद–मरी राष्ट्रिय राजमार्गलाई बन्द गरिदिएको छ र मरी तथा आसपासका जिल्लामा संकटकालीन अवस्था लागू गरेको छ । राहत र उद्धार कार्यमा प्रशासनको सहयोगको लागि सेना र अर्धसैनिक बलको सहयोग लिइएको छ ।

पाकिस्तानी अखबार डनका अनुसार पाकिस्तानका गृह मन्त्री शेख राशिदले भनेका छन् ‘१५–२० वर्षपछि पाकिस्तानमा यति धेरै पर्यटक मरीतर्फ गए जसका कारण कठिन स्थिति उत्पन्न भयो । यसकारण हामीले त्यहाँ जाने हरेक बाटोमा प्रतिबन्ध लगाउनु परेको छ । अहिले पनि त्यहाँ हजारौं गाडीहरु सडकमा फसेका छन् । हामी तिनीहरुलाई निकाल्ने कोसिस गरिरहेका छौं ।

राशिदका अनुसार अहिले केवल खाद्यान्न र राहत कार्यको लागि आवश्यक सामान लैजाने गाडीहरुलाई मात्र त्यहाँ जाने अनुमति दिइएको छ । उनले भने ‘भोलि बेलुकीसम्म बाटोहरु बन्द रहनेछन् । हामी पैदल जानेहरुको लागि पनि बाटो बन्द गर्दैछौं ।’ त्यहाँ फसेका मानिसहरुले चिसो रात गाडीभित्रै बिताउनु परेको छ जसका कारण कठ्यांग्रिएर मानिसहरुको मृत्यु भइरहेको छ । अहिले पनि हिमपात भइरहेको र उद्धार कार्य अत्यन्तै कठिन भएकोले यहाँ मृत्यु हुनेहरुको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *