चाकु बनाउन व्यस्त टोखावासी (फोटो फिचर)

डिसी नेपाल
२५ पुष २०७८ १०:००
64
Shares

काठमाडौं। काठमाडौंबाट उत्तरमा पर्ने प्राचीन टोखा सहर चाकुका लागि प्रसिद्ध छ। शिवपुरी जङ्गल जलाधारले सिञ्चित पहाडी प्राकृति वातावरण अनुकूल हावापानी रहेको टारिलो भूमी टोखामा प्राचिनकालदेखि नै उखु खेती हुन्थ्यो।

उखुको रसबाट सख्खर बनाएर चाक्कुका लागि कच्चापदार्थ उत्पादन गरिन्थ्यो। जाडो याममा शरीरलाई न्यानो बनाउन चाकु खाने पुरानो संस्कार हो। माघे सन्क्राती नजिकिएसँगै अहिले टोखावासी चाकु बनाउन व्यस्त देखिन्छन्।

टोखा परम्परागत चाकु संरक्षक समाजभित्र १३ चाकु उधोग छन्। वर्षको दुई महिना (मंसिर र पुस) मा ३०० देखि ४०० जनाले रोजगारि पाउने , एउटा उधोगबाट एक लाख ६५ किलोसम्म चाकु बेच्ने गरेको तथा महिनामा ३ देखि ४ लाखसम्म आमदानी हुने गरेको टोखा परम्परागत चाकु संरक्षक समाजका अध्यक्ष कृष्ण श्रेष्ठले बताउँछन्।


एक किलो सामान्य चाकुको १०० देखि १४० रुपैयाँ सम्म ,खुवा चाकु सुत्केरी चाकु र स्पेसल चाकु प्रति किलाेकाे १८० रुपैयाँ पर्न जाने उनी बताउँछन्।

 

न्युज काराखाना


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *