हिन्दुको भेषमा सजिएका बेहुलाविरुद्ध मुद्दा

डिसी नेपाल
२५ पुष २०७८ १०:५६
160
Shares

नयाँ दिल्ली । भारतमा विवाह समारोहमा हिन्दुहरुको धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै एक मुस्लिम बेहुला र उनको परिवारका सदस्यहरुविरुद्ध मुद्दा दायर गरिएको छ ।

कर्नाटकको बान्तवाल तालुक गाउँका मुसलमान बेहुलाले हिन्दुका देवताको भेषमा विवाह गरेपछि उनी र उनको परिवारविरुद्ध उजुरी परेको हो ।

बासित नाम गरेका बेहुलाले हिन्दु भेषमा सजिएर हिन्दु झैं नाचेका थिए । उनी नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि हिन्दुहरुले उनको आलोचना गरेका थिए ।

जातीय अपमान गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । भारतमा जातीय अपमानका कारण विभन्न स्थानमा हिंसा हुने गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *