राष्ट्रिय परिचयपत्र लिने स्थान थपियो, यथासम्भव सम्बन्धित् जिल्लाबाट लिन अनुरोध

डिसी नेपाल
२५ पुष २०७८ १७:००

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र विवरण संकलन र वितरणका लागि केही जिल्लाहरू थपेको छ ।

सेवाग्राहीको चाप बढेसँगै आइतबार विज्ञप्ति निकालेर विभागले तत्कालका लागि बागमती प्रदेशका ललितपुर र भक्तपुरबाहेक सबै जिल्ला तथा प्रदेश २ का अत्यावश्यक सेवाग्राहीहरुको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर जिल्ला, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका अत्यावश्यक सेवाग्राहीहरुको लागि जिल्ला प्रशासन कार्यालय, ललितपुर तथा प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशका अत्यावश्यक सेवाग्राहीहरुको लागि नारायणहिटी दरवार परिसर (साविकको राहदानी विभाग) मा नागरिकको विवरण प्रविष्टको लागि व्यवस्था गरिएको जनाएको छ ।

साथै विभागले सम्भव भएसम्म आफ्नो जिल्लामा नै विवरण प्रविष्ट गरी राष्टिय परिचयपत्र नम्बर लिन पनि अनुरोध गरेको छ ।

गत १ मंसिरदेखि विद्युतीय राहदानी बनाउँदा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएकाले सेवाग्राहीको चाप बढेको बताएको विभागले हालसम्म ५२ लाख नागरिकको वैयक्तिक तथा जैविक विवरण संकलन गरिसकेको जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *