न्युयोर्कको अर्पाटमेन्टमा आगलागीः ९ बालबालिकासहित कम्तिमा १९ जनाको मृत्यु

डिसी नेपाल
२६ पुष २०७८ ६:३०
104
Shares

न्युयोर्क। अमेरिकाको न्युयोर्कस्थित एउटा अपार्टमेन्टमा आगो लाग्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा नौ बालबालिका छन्। आगलागीमा दर्जनौं घाइते भएका छन्। आइतबारको आगलागीलाई अमेरिकी आगलागीको इतिहासमै खराब मानिएको छ। १९ तले सो भवनको दोस्रो तलाबाट आगो लागेको हो।

‘आगलागीमा १९ जनाको मृत्यु भएको पुष्टि भएको छ। आगलागीका घाईतेहरुको अवस्था गम्भीर छ,’ न्युयोर्कका मेयर इरिक एडम्सले भने। आगलागीमा कम्तिमा ६३जना घाईते भएका छन्।

आगलागीपछि २०० जना अग्नि नियन्त्रकहरु आगो निभाउन खटिएका थिए। आगो लागेपछि भवनभित्र फँसेका मानिसहरु चित्कारले नजिकको वातावरण भयभित भएको थियो।

आगलागीको कारण खुलेको छैन्। सर्ट सर्किटका कारण आगो लागेको हुन सक्ने अनुमान गरिएको छ। प्रहरीले आगलागीबारे अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *