श्रीमती साट्ने ७ जना धनाढ्यहरु पक्राउ, गिरोहमा १ हजारभन्दा धेरै सक्रिय रहेको खुलासा

डिसी नेपाल
२६ पुष २०७८ १४:४०

काठमाडौं। शारीरिक सम्बन्धका लागि श्रीमती साटासाट गर्ने ठूलो गिरोहको खुलासा भएको छ । खुलासा भएसँगै यो गिरोहमा संलग्न ७ जना पक्राउ परेका छन् । गिरोहमा १ हजारभन्दा धेरै जोडी सक्रिय रहेको समेत खुलासा भएको छ । भारतको केरलमा चलिरहेको यो गिरोह चलाउनको लागि ह्वाट्सएप र मेसेन्जरमा ग्रुपहरु बनाइएका थिए । यी ग्रुपमा १ हजारभन्दा धेरै जोडीहरु जोडिएका थिए । इण्डियन एक्सप्रेसका अनुसार कोट्टायमबाट पुलिसले ७ जनालाई गिरफ्तार गरेको छ र अन्य २५ जनाभन्दा धेरै पुलिसको निगरानीमा छन् ।

एक महिलाले आफ्ना पतिविरुद्ध पुलिसमा उजुरी दिएपछि यसको अनुसन्धानको क्रममा यो गिरोहको खुलासा भएको हो । महिलाले आफ्ना पतिविरुद्ध परपुरुषसँग शारीरिक सम्बनधको लागि बाध्य पारेको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । यसअघि कायमकुलममा पनि यस्तै घटना सार्वजनिक भएको थियो । यस विषयमा चांगनचेरीका डेप्युटी एसपी आर श्रीकुमारले भने ‘पहिले उनीहरु टेलिग्राम र मेसेन्जर ग्रुपमा जोडिन्थे त्यसपछि एक अर्कासँग भेट्थे । हामीले उजुरी गर्ने महिलाका पतिलाई गिरफ्तार गरेका छौं । यसको पछाडि ठूलो गिरोह छ र हामी अरु आरोपीको खोजी गर्दैछौं ।’

पक्राउ गरिएका आरोपीहरु केरलको अलाप्पुझा, कोट्टायम र एर्नाकुलमका हुन् । पुलिसले राज्यका कैयौं सम्भ्रान्त वर्गका व्यक्तिहरु यो गिरोहमा संलग्न रहेको पुष्टि गरेको छ । एक महिलाले आफ्ना पतिले परपुरुषसँग शारीरिक सम्बन्धका लदागि दबाब दिएको उजुरी गरेपछि महिलाका पति र उनका साथीहरुलाई पक्राउ गरेर अनुसन्धान गर्दा यो गिरोहको खुलासा भएको हो । पुलिसका अनुसार यो गिरोहमा हजारभन्दा धेरै संलग्न छन् र शारीरिक सम्बन्धका लागि भारी मात्रामा महिलाहरु साटासाट भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *