उत्तर कोरियाले ६ दिन भित्रमै अर्को संदिग्ध ब्यालेस्टिक मिसाइल हान्यो

डिसी नेपाल
२७ पुष २०७८ ११:४४
52
Shares

काठमाडौं। उत्तर एक पटक फेरि संदिग्ध ब्यालेस्टिक मिसाइल हानेको छ । यस अघि गत हप्ता पनि उसले एउटा मिसाइल हानेको थियो जुन मिसाइल उसले हाइपरसोनिक भएको दावी गरेको थियो ।

दक्षिण कोरियाले बताएअनुसार मंगलबार स्थानीय समयअनुसार बिहान ७ बजेर २७ मिनेटमा यो मिसाइल हानिएको हो । जापानको कोस्ट गार्डले पनि यसको पुष्टि गरेको छ र उत्तर कोरियाले ‘ब्यालेस्टिक मिसाइल जस्तै कुनै चिज’ हानेको बताएको छ । यो घटना यस्तो समयमा भएको छ जब हालै ६ देशहरुले उत्तर कोरियालाई ‘अस्थिरताको कारवाही’ रोक्न भनेका थिए ।

दक्षिण कोरियाका ज्वाइन्ट चीफ अफ स्टाफले भनेका छन् ‘हाम्रो सेनालाई एक संदिग्ध ब्यालेस्टिक मिसाइलको बारेमा जानकारी प्राप्त भएको छ जो उत्तर कोरियाको जमिनबाट पूर्व सागरमा हानिएको छ ।’ उनका अनुसार उत्तर कोरिया र अमेरिकाका खुफिया एजेन्सीहरुले यस विषयमा विस्तृत विश्लेषण गरिरहेका छन् ।

हालका दिनमा भएका परिवर्तनले उत्तर कोरियाका नेता किम जोंग उनको संकल्पलाई देखाइरहेका छन् । उनले डिसेम्बरमा एक बैठकमा भनेका थिए कि २०२२ मा राष्ट्रको सुरक्षा उनको प्राथमिकतामा रहनेछ । संयुक्त राष्ट्रसंघमा सोमबार अमेरिका, फ्रान्स, आयरल्याण्ड, जापान, बेलायत र अल्बानियाले संयुक्त रुपमा बयान जारी गर्दै गत हप्ता भएको परीक्षणको निन्दा गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *