दिल्लीका सबै निजी कार्यालय बन्द गर्न आदेश
काठमाडौं। दिल्ली विपद प्रबन्धन अथोरिटी (डिडिएमए)ले सबै निजी कार्यालय बन्द गर्न आदेश दिएको छ । राजधानीमा कोरोनाका केसहरु बढ्दो क्रममा भएकोले यो निर्णय गरिएको हो । डिडिएमएको निर्देशनअनुसार केवल आकस्मिक सेवाको लागि मात्र निजी कार्यालय खुला रहनेछन् । साथमा जो कार्यालय छुट पाउने श्रेणीमा छन् तिनीहरु मात्र खुला रहनेछन् ।
Private offices in Delhi shall be closed, barring the ones in the exempted category; work from home shall be followed: DDMA pic.twitter.com/yPkwDR8t3o
— ANI (@ANI) January 11, 2022
निजी कार्यालयहरुलाई घरबाटै काम गर्ने व्यवस्था गर्न सल्लाह दिइएको छ । दिल्लीमा सबै रेष्टुरेन्ट र बार पनि बन्द रहनेछन् । दिल्लीमा सोमबार कोरोना संक्रमणका १९ हजारभन्दा धेरै नयाँ केस रेकर्ड गरिएका छन् । पूरै देशमा १ लाख ६८ हजारभन्दा धेरै नयाँ केस रेकर्ड गरिएका छन् ।
दिल्लीमा कोरोनाको बढ्दो केसहरुका बीच डिसेम्बरको अन्तिम हप्तादेखि अहिलेसम्म करिब ७० जनाको मृत्यु भएको छ । दिल्ली सरकारले सबै अस्पतालहरुलाई बिरामीहरुलाई समयमै भर्ना गर्न र बिरामीको हेरचाहको उचित व्यवस्था गर्नको लागि आवश्यक कदम उठाउन निर्देशन दिएको छ ।







डिसी नेपाल







Facebook Comment