टर्कीले नेपाल र भारतबाट आउने यात्रीहरुको लागि नयाँ दिशानिर्देश जारी गर्यो
काठमाडौं। नेपाल र भारतबाट टर्की जाने यात्रीहरुको लागि टर्कीले नयाँ दिशा निर्देश जारी गरेको छ । अब नेपाल र भारतबाट टर्की जाने यात्रुले यात्रा भन्दा ७२ घण्टा पहिलेको आरटी पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नु पर्नेछ । भारतस्थित टर्कीको दूतावासले सूचना जारी गर्दै यसको जानकारी दिएको हो । टर्कीको नेपालमा दूतावास नभएकोले भारतमा रहेको दूतावासले नै नेपाल सम्बन्धी काम पनि हेर्ने गर्छ ।
?Updated Quarantine Arrangements For Travelers To Turkey From India & Nepal ? pic.twitter.com/HuoHVtelnt
— Turkish Embassy – New Delhi (@TurkEmbDelhi) January 11, 2022
दूतावासले ट्वीट गर्दै बताए अनुसार विश्व स्वास्थ्य संगठनले मान्यता दिएको खोरोना खोपको अन्तिम डोज बढीमा १४ दिन पहिले लिएको व्यक्तिलाई क्वारेन्टाइन गरिने छैन । यो प्रमाणपत्र पेश गर्न नसक्ने व्यक्तिले कम्तीमा ५ दिन क्वारेन्टाइनमा बस्नु पर्नेछ । पाँचौं दिन आरटीपीसीआर परीक्षणको रिपोर्ट आएमा क्वारेन्टाइन समाप्त हुनेछ ।
यदि रिपोर्ट पोजेटिभ आयो भने त्यसपछि जुन दिनदेखि कोरोनाभाइरसको लक्षण देखिन सुरु हुन्छ त्यस दिनदेखि क्वारेन्टाइनको समय सुरु भएको मानिनेछ र कम्तीमा ७ दिन क्वारेन्टाइनमा रहनु पर्नेछ । १२ वर्षभन्दा कम उमेरका बच्चाहरुको लागि भने आरटी पीसीआर परीक्षण वा भ्याक्सिनेसन सर्टिफिकेट पेश गर्नु पर्ने छैन ।







डिसी नेपाल







Facebook Comment