‘पोर्नकी महारानी’ चल्न नसक्ने भइन्

डिसी नेपाल
२८ पुष २०७८ १२:३८

काठमाडौं। एक समयकी प्रसिद्ध पोर्नस्टार जेना जेमसन एक दुर्लभ स्वास्थ्य समस्याबाट ग्रस्त भएकी छिन् । यसकारण उनी हिँडडेल गर्न पनि नसक्ने भएकी छिन् । जेना गुइलेन बेयर सिन्ड्रोमबाट ग्रस्त भएकी छिन् । यो रोग लागेपछि मानिसको शरीरका नशाहरु कमजोर हुन्छन् । डेलीस्टारका अनुसार जेना केही दिनदेखि चल्न सकिरहेकी थिइनन् । त्यसपछि उनलाई अस्पताल लगिएको थियो ।

अस्पतालमा जाँचपछि उनलाई गुइलेन बेयर सिन्ड्रोम नामको न्युरोलोजिकल डिसअर्डर भएको खुलासा भयो । ४७ वर्षकी जेना वयस्क फिल्म उद्योगको प्रसिद्ध नाम हुन् । कुनै समय उनलाई ‘पोर्नकी महारानी’ भनिन्थ्यो । उनलाई यो स्वास्थ्य समस्या भएपछि अहिले उनी ओच्छ्यानमा छिन् । उनी आफूलाई ओच्छ्यानबाट हल्लाउन पनि सक्दिनन् ।

उनका पार्टनर लियोर बिटनले उनको अहिलेको स्थितिको भिडियो इन्स्टाग्राममा शेयर गरेका छन् । उनकी ४ वर्षकी छोरी पनि छिन् । उनका अनुसार जेनाका मांशपेशी यति कमजोर भइसकेका छन् कि उनी आफैं बाथरुम पनि जान सक्दिनन् । लियोरले भने ‘उनी आफैं कहीँ जान खोजिन् भने लड्छिन् । उनी आफैं त चल्न पनि सक्दिनन् ।’

बेलायतको नेशनल हेल्थ सर्भिसका अनुसार यो एक किसिमको न्यूरोलोजिकल डिसअर्डर हो । यो रोगको लक्षण सबैभन्दा पहिले हात र खुट्टामा देखिन्छ । मांशपेशी सुन्न हुनु, घोचेजस्तो हुनु, मांशपेशीमा कमजोरी र दुख्ने, सन्तुलन र समन्वयको समस्या यो न्यूरोलोजिकल डिसअर्डरका प्रमुख लक्षण हुन् ।

यो समस्या प्रतिरक्षा प्रणालीमा गडबडीका कारण हुने मानिन्छ । प्रतिरक्षा प्रणालीमा समस्या भएपछि शरीर रोग र संक्रमणसँग लड्न सक्दैन । सामान्यतया शरीरमा कुनै पनि किटाणु आएमा प्रतिरक्षा प्रणालीले त्यसमाथि आक्रमण गर्छ तर गुइलेन बेयर सिन्ड्रोमको केसमा यस्तो हुन सक्दैन । यसमा उल्टै यो सिन्ड्रोमका कारण शरीरका नशा कमजोर हुन्छन् ।

यो पनि हेर्नुहोस् –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *