आतंकवादीको घरअगाडि बम पड्काउँदा ४ जना तालिबानीलाई मृत्युदण्ड

डिसी नेपाल
२९ पुष २०७८ १४:४६
1.3k
Shares

काठमाडौं। पाकिस्तानको एक आतंकवाद विरोधी अदालतले बुधबार मुम्बइ आक्रमणका मुख्य योजनाकार मानिएका जमात उद दावाका प्रमुख हाफिज सइदको घरअगाडि भएको कार बम विष्फोटको आरोपमा ४ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । हाफिज सइदको घरबाहिर जून २०२१ मा आतंकवादी आक्रमण भएको थियो । यो आक्रमणमा ३ जनाको मृत्यु भएको थियो ।

एन्टि टेरोरिज्म कोर्टका न्यायाधीश अरशद हुसैनले यो मामिलामा आयशा बीबी नामकी एक महिलालाई पनि ५ वर्षको जेल सजाय सुनाएका छन् । २३ जूनमा हाफिज सइदको जौहर टाउनस्थित आवास बाहिर कारमा विष्फोट भएको थियो । यो आक्रमणमा ३ जनाको मृत्यु भएको थियो र २० जना घाइते भए । यतिमात्र होइन यो आक्रमणमा कैयौं पसल, घर र वाहनहरु पनि क्षतिग्रस्त भएका थिए ।

यो मामिलामा अदालतले प्रतिबन्धित संगठन तहरिक ए तालिबान पाकिस्तानका इद गुल, पिटर पल डेभिड, सज्जाद शाह र जियाउल्लाहलाई मृत्युदण्डको सजाय सुनाएको हो । आयशा बीबीलाई ५ वर्षको जेल सजाय सुनाइएको छ । यो केसमा ५६ जनाले बयान दिएका थिए । आतंकवाद रोधी विभाग सीटीडीका अनुसार इद गुलले कारमा बम लगाएका थिए । यो कार पिटर पल डेभिडको थियो । सज्जाद शाह, जिया उल्लाह र आयशा बीबीले यो आक्रमणकमा सहयोग गरेका थिए ।

पंजाब सरकारले आक्रमणमा संलग्न १० पाकिस्तानी संदिग्धहरुको नेटवर्क पत्ता लगाएको दावी गरेको थियो तर तीमध्ये ५ जनालाई मात्रै आरोपी बनाइएको थियो । हाफिज सइद अहिले टेरर फण्डिङ केसमा कोट लखपत जेलमा छन् । अपुष्ट दावीअनुसार आक्रमणका बेला हाफिज घरमै थिए । हाफिज सइदलाई संयुक्त राष्ट्रसंघले आतंकवादी घोषित गरेको छ । अमेरिकाले हाफिज सइदको टाउकोको मूल्य १ करोड डलर तोकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *