प्रेमीकाका बाबु–आमालाई हत्या गरी साउदी अरब गएका मगर पक्राउ

डिसी नेपाल
२९ पुष २०७८ १९:०१

काठमाडौं । प्रेमीकाका बाबु–आमालाई हत्या गरी वैदेशिक रोजगारीका लागि साउदी अरब गएका एक व्यक्तिलाई नेपाल ल्याइएको छ । नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा साउदी अरबमा पक्राउ गरी गोविन्द मगरलाई ल्याएको हो ।

आफूसँग प्रेम गर्ने युवतीलाई अर्कैसँग विवाह गरिदिएपछि उनका आमा बुबा हत्या गरेको आरोप लागेको १७ वर्षपछि गोविन्द मगरलाई बुधबार राती साउदी अरबबाट काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । मगरले १३ मंसिर २०६१ मा उदयपुरमा दुईजनाको हत्या गरी फरार रहेका थिए । उनीविरुद्ध जीतबहादुर तामाङले जाहेरी दिएका थिए । उदयपुर जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएर इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको अनुरोधमा प्रहरीले इन्टरपोललाई पत्र लेखेको थियो ।

इन्टरपोलले मगरको खोजीका लागि २६ माघ २०७७ मा रेड नोटिस जारी गरेको थियो । इन्टरपोलबाट रेड नोटिस जारी भएका मगरमाथि प्रेमिकाको आमा–बुबा हत्या गरेको आरोप उल्लेख छ । मगरले उदयपुरका मानबहादुर तामाङ र उनकी श्रीमती हर्कमाया तामाङको हत्या गरेका थिए । आफुसँग प्रेम सम्बन्ध भएकी छोरीको अरुसँग विवाह गरिदिएको रिसमा उनले युवतीका आमा–बुबाको बिभत्स हत्या गरेको प्रहरीले जनाएको छ । सुरुमा मानबहादुरमाथि आक्रमण गरेकोमा रोक्न जाँदा हर्कमायाँको समेत हत्या गरेका थिए ।

प्रहरीले यसअघि पनि इन्टरपोलको सहयोगमा अपराधीहरुलाई नेपाल ल्याइसकेको छ । मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई)लगायतका मुलुकबाट अपराधीहरुलाई पक्राउ गर्दै नेपाल ल्याएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *