भारत- पाक विभाजनको बेला छुट्टिएका दाजुभाइको जब ७४ वर्षपछि पुनर्मिलन भयो…

डिसी नेपाल
३० पुष २०७८ ९:५६
344
Shares

इस्लामाबाद। सन् १९४७ मा भारत ब्रिटिश साम्राज्यबाट स्वतन्त्र भएको थियो। तर, स्वतन्त्रतसँगै भारतको विभाजनले ठूलो मूल्य चुकाएको थियो। भारतीय उपमहाद्धीप दुई ओटा स्वतन्त्र क्षेत्र- भारत र पाकिस्तानको रुपमा विभाजित भएको थियो। विभाजनसँगै हिंसा र नरसंहार पनि मच्चिएको थियो। विभाजनको घाउ अझै पनि दुबै देशमा देखिन्छ।

भारत र पाकिस्तान विभाजनको समयमा दुई देशमा अलग भएका दुई दाजुभाई ७४ वर्षपछि एकजुट भएका छन्। पाकिस्तानी समाचार संस्था न्युज इन्टरनेसनलका अनुसार पाकिस्तानको फैसलाबादका सिद्दीकीले आफ्ना दाजु हाबिबलाई भेटेका छन्।

सिद्दिकीले विभाजनपिछ भारतकाे पन्जाबकाे फुलनवाल क्षेत्रमा बस्दै आएका ८० वर्षीय हाबिबसँग भेट गरेका हुन्। हाबिब भाइलाई भेट्न कर्तापुर कोरिडर आएका थिए।

लामो समयपछि मिलन हुँदा दुई दाजुभाई निकै भावुक बनेका थिए। एकले अर्कोलाई अंगालो हालेर आँशु चुहाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ। भारत विभाजन हुँदा सिद्दिकी बच्चा नै थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *