भारतमा कोभिडः पछिल्लो २४ घन्टामा २ लाख ६४ हजार संक्रमित

डिसी नेपाल
३० पुष २०७८ ९:५७

नयाँ दिल्ली। भारतमा कोभिड संक्रमण दर दिनहुँ तीव्र बढेको छ । पछिल्लो २४ घन्टामा २ लाख ६४ हजार संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढी हो।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या तीव्र बढेको छ।

भारतमा कूल संक्रमितमध्ये ३ दशमलव ४८ प्रतिशत सक्रीय संक्रमित छन् । त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडबाट ३१५ जनाको मृत्यु भएको छ। कोभिडबाट केरला, महाराष्ट्र र नयाँ दिल्ली सबैभन्दा बढी प्रभावित छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *