न्युजिल्यान्डका यी व्यक्तिको कानभित्र छिरेको साङ्लो तीन दिनपछि यसरी निकालियो

डिसी नेपाल
३० पुष २०७८ ११:४८

वेलिङटन। एउटा अनौठो घटनामा न्युजिल्यान्डका एक व्यक्तिले आफ्नो कानभित्र साङ्लो पसेको तीन दिनपछि थाहा पाएका छन्। कानमा सलङ सलङ गर्न थालेपछि जान विडिङले सुरुमा कानभित्र पानी पसेछ भन्ने अनुमान गरे ।

किनकी तीन दिनअघि उनी एउटा स्थानीय स्विमिङ पुलमा पौडी खेल्न गएका थिए। पौडी खेलेपछि त्यो रात कान हल्लाउदै उनी निदाए । भोलीपल्ट व्युँतदा उनको कान बुझिएर टम्म भयो र कानबाट अनौठो आवाज आउन थाल्यो।

कानमा खुसल खुसल भइरहेपछि उनी चिकित्सकहाँ पुगे। चिकित्सकले लाइट बालेर उनको कान खोजल्न थाले । उनलाई एन्टिबायोटिक औषधि दिइयो । हेयर ड्रायरले दुखेको कानमाथिको भाग सुक्का पार्न चिकित्सकले सुझाव दिए।

औषधिले उनलाई केही भएन। उनले एउटा कान नै सुन्न छोडे र सुत्न पनि सकेनन्। उनलाई झन गाह्राे भयो। त्यसपछि उनी नाक, कान र घाँटीसम्बन्धी विशेषज्ञकहाँ गए ।

चिकित्सकले उनको कानभित्र किरा पसेको पत्ता लगाए। तत्कालै कैचीजस्तो एउटा उपकरणले उनको कानबाट किरा निकाले। त्यो थियो साङ्लो। चिकित्सकका अनुसार सो साङ्लो अरु केही दिनसम्म झिक्न् नपाएको भए उनको कान बन्द हुन्थ्यो।

केही महिनाअघि भारतमा एक व्यक्तिको नाकको प्वालबाट छिरेको साङ्लो दिमागमा पुगेपछि शल्यक्रिया गर्नुपरेको विवरण सार्वजनिक भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *