बेलायतको संसदमा चिनियाँ महिलाको घुसपैठ भएको बेलायती गुप्तचर संस्थाको निश्कर्ष

डिसी नेपाल
३० पुष २०७८ १३:२३
848
Shares

लन्डन। संसद सदस्यहरुलाई अनुचित प्रभाव देखाउन चिनियाँ कम्युनिस्ट पार्टीले एक जना महिला घुसपैठ गरेको बेलायतको गुप्तचर संस्था एमआईफाइले जनाएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको पक्षमा प्रभाव पार्न र बेलायतको ‘राजनीतिक गतिविधिलाई हस्तक्षेप गर्न क्रिष्टिने ली नाम गरेकी महिलालाई घुषपैठ गरेको भन्दै एमआईफाइले उनको तस्विर सार्वजनिक गरेको छ।

हङकङ र चीनमा भएका विदेशी नागरिकहरुको तर्फबाट लीले बहालवाला सांसदहरुलाई वित्तिय सहयोग प्रदान गरेको एमआर्ईफाइभले जनाएको छ। लीमाथि बेलायतमा प्रतिबन्ध लगाइएको संसदका सवै दलहरुको समूहको सदस्य बन्न खोजेकोसमेत आरोप लगाइएको छ।

लन्डनस्थित चिनियाँ दूतावासले भने ती आरोप अस्वीकार गरेको छ। ‘विदेशीको संसदमा हस्तक्षेप गर्नु हामीलाई कुनै आवश्यक छैन। हामीले यस्तो प्रयत्न गरेका पनि छैनौं,’ दूतावासले भनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *