दिल्लीमा पछिल्लो २४ घण्टामा २४ हजार ३८३ जनामा संक्रमण पुष्टि

डिसी नेपाल
३० पुष २०७८ २१:०५

काठमाडौं । भारतको दिल्लीमा कोरोना संक्रमण गत दिनहरुको तुलनामा केही गिरावट आएको छ । पछिल्लो २४ घण्टामा २४ हजार ३८३ जनामा संक्रमण पुष्टि भएको हो ।

पोजेटिभिटी रेट ३०.६४ प्रतिशतको रेकर्ड स्तरमा पुगेको छ । दिल्ली सरकारका अनुसार पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु भएको छ ।

कुल सक्रिय संक्रमित ९२ हजार २७३ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *