आफ्नी श्रीमतीलाई आफ्ना साथीबाट बलात्कार गराएर आफूले बसेर हेर्न खोज्ने श्रीमान पक्राउ

डिसी नेपाल
१ माघ २०७८ १३:४७

काठमाडौं। एक व्यक्तिलाई आफ्नी श्रीमतीसँग परपुरुषले शारीरिक सम्बन्ध राखेको हेर्ने इच्छा थियो । उनले आफ्नो यो इच्छा पूरा गर्नको लागि आफ्ना एक साथीलाई घरमा लिएर आए । उनकी पत्नीलाई यो कुरा पटक्कै थाहा थिए । घटना सिंगापुरको हो । सिंगापुरको प्रमुख अखबार स्ट्रेट टाइम्समा प्रकाशित रिपोर्टका अनुसार यो दम्पतीको बिहे भएको २३ वर्ष भइसकेको छ र उनीहरुका ३ सन्तान पनि छन् ।

रिपोर्टका अनुसार ४८ वर्षका श्रीमानले आफ्नी ४४ वर्षकी श्रीमतीलाई परपुरुषबाट बलात्कार गराउने र आफूले हेर्ने योजना बनाए । यसका लागि उनले ४५ वर्षका साथीलाई घरमा लिएर आए । उनले पहिले मदिरामा बेहोसीको औषधि मिसाएर श्रीमतीलाई बेहोस बनाए । त्यसपछि उनले श्रीमतीको आँखामा पट्टी बाँधिदिए र बेडरुममा लगेर सुताए । त्यसपछि उनले साथीलाई श्रीमतीसँग शारीरिक सम्बन्ध राख्न पठाए । तर, जब ती व्यक्तिले महिलालाई बलात्कार गर्न खोज्दै थिए त्यही बेला महिलालाई होस आयो त्यसपछि ती व्यक्ति त्यहाँबाट भागे ।

यो मामिलामा बिहीबार सिंगापुरको हाइकोर्टमा सुनुवाइ भयो र अदालतले बलात्कारको प्रयास गर्ने महिलाका श्रीमानका सहकर्मीलाई महिलाका श्रमिानसँग एक षड्यन्त्र र बलातकारको प्रयासको लागि दोषी ठहर गर्दै ३ वर्षको जेल सजाय सुनाएको छ । अदालतमा सुनुवाइमा बताइएअनुसार यी दुई पुरुष २०१५ देखि सहकर्मी थिए । महिलाका श्रीमानले आफ्नो सेक्स लाइफ सम्बन्धी सबै कुरा सहकर्मीलाई बताउँदे । एक दिन उनले आफूलाई आफ्नी श्रीमतीसँग परपुरुषले यौन सम्बन्ध राखेको हेर्ने इच्छा भएको बताएका थिए ।

उनले आफ्ना सहकर्मीलाई आफ्नी पत्नीसँग शारीरिक सम्बन्धको लागि राजी गराए र ३१ डिसेम्बर २०१७ मा उनलाई आफ्नो घरमा बोलाए । पहिले आरोपी उभिए र पतिले बेहोस पत्नीसँग प्रेम गरे । त्यसपछि पतिले उनलाई आफ्नी पत्नीसँग जान संकेत गरे । यस क्रममा उनीहरुका छोराछोरी र घरमा काम गर्ने महिला घरको अर्कोपट्टि सुतिरहेका थिए ।

ती व्यक्तिले महिलासँग जबरजस्ती शारीरिक सम्बन्ध राख्ने कोसिस गरे तर असफल भए । महिलालाई होस आउन थाल्यो र उनले एक अन्जान व्यक्तिले आफूसँग यौन सम्बन्धको प्रयास गरिरहेको महसुस गरिन् । महिलाले आँखाको पट्टी हटाउने कोसिस गर्न लागेपछि ती व्यक्ति भागे । पछि महिलाले निकै प्रयास गरेर ती व्यक्तिलाई खोजिन् त्यसपछि आफ्ना पति र ती व्यक्तिबाट कन्फेसन लेटर अर्थात गल्ती स्वीकार गरिएको पत्र लेखाइन् ।

घटनाको खुलासा त्यतिबेला भयो जब २ जनवरी २०२० मा अर्की एक महिलाले आफ्ना पतिको फोनमा आफ्ना अन्तरंग तस्वीर भेटेपछि पुलिसमा रिपोर्ट गरिन् । ती महिलाले रिपोर्टमा आफ्ना पति र केही अन्य व्यक्तिहरुले उनीविरुद्ध यौन अपराध गरेको आशंका पनि उल्लेख गरेकी थिइन् । यी महिलाका पतिलाई गिरफ्तार गरियो । यो केसको अनुसन्धानको क्रममा पहिले भएको घटनाका पति पनि जाँचको दायरामा आए ।

१० जनवरी २०२० मा आरोपीहरुलाई गिरफ्तार गरियो । डेप्युटी पब्लिक प्रोसिक्युटर ची इ लिंगले पत्नीको बलात्कारको मौजुदा मामिलामा आरोपीको लागि अढाइदेखि ३ वर्ष जेल सजायको माग गरेका थिए । तर, बचाव पक्षका वकिल नकुर्शा अब्दुल कादिरले आफ्ना क्लाइन्टले एक कन्फेसन लेटर लेखेका थिए त्यसैले सजाय २ देखि अढाइ वर्ष मात्र राख्न माग गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *