भारतीय सेनाप्रमुखको बयानले आक्रोशित चीनले दियो कडा प्रतिक्रिया

डिसी नेपाल
१ माघ २०७८ १४:२८
240
Shares

काठमाडौं। चीनले बिहीबार भारतीइ सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेको त्यो बयानको आलोचना गरेका छन् जसमा उनले एसएसीमा चीनतर्फबाट खतराको कुरा गरेका थिए । चीनले भारतीय अधिकारीहरु यस किसिमका बयानबाट टाढै रहने अपेक्षा व्यक्त गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनले एक ब्रिफिङको क्रममा भने ‘चीन र भारत सीमामा तनाव कम गर्नको लागि कूटनैतिक र सैन्य स्तरमा काम गरिरहेका छन् । हामीलाई आशा छ भारतका अधिकारी निराधार टिप्पणी गर्नबाट बच्नेछन् ।’

एमएम नरवणेले बुधबार भनेका थिए ‘उत्तरी र पश्चिमी क्षेत्रमा चीनको पिपुल्स लिबरेसन आर्मीसँग भएको वार्तामा प्रगति भएको छ । यद्यपि आपसी मनमुटावपछि आंशिक खतरा कायमै छ ।’ चीनको विदेश मन्त्रालयले भारत–चीनबीच बुधबार भएको १४ औं चरणको कमाण्डर स्तरको बैठकबारे कुनै जानकारी साझा गरेको छैन । ब्रिफिङका क्रममा जब दुई देशबीचको वार्ताबारे प्रश्न सोधियो त्यसपछि वेनबिनले भने ‘यदि कुनै जानकारी भयो भने हामी साझा गर्नेछौं ।’

भारत र चीन पूर्वी लद्दाखमा विगत २० महिनादेखि चलिरहेको सैन्य गतिरोध हल गर्नको लागि वार्ता गरिरहेका छन् । यो वार्ता ३ महिनाको अन्तरालमा भएको छ । वार्ता समाप्त भएपछि भारत र चीनको तर्फबाट कुनै आधिकारिक बयान जारी गरिएको छैन । यसले विवाद भएका ठाउँबाट सैन्य तैनाथी हटाउने विषयमा दुई देशबीच गम्भीर मतभेद भएको संकेत देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *