२० वर्षकी युवतीको हदैसम्म घिनलाग्दो हर्कत, ब्रेकअपपछि प्रेमीको जीवन पूरै बर्बाद पारिदिइन्

डिसी नेपाल
१ माघ २०७८ १६:०७

काठमाडौं। एक युवतीले ब्रेकअप भएपछि आफ्ना पूर्वप्रेमीलाई फसाउनको लागि निकै चतुर तर निकै घिनलाग्दो षड्यन्त्र रचिन् । उनले एक–दुईवटा होइन ३० वटा फर्जी इन्स्टाग्राम अकाउन्ट बनाइन् । त्यसपछि ती इन्स्टाग्राम अकाउन्टबाट आफूलाई धम्कीपूर्ण म्यासेज पठाउन थालिन् । म्यासेज पठाएपछि उनले तिनै म्यासेजका आधारमा आफूना पूर्वप्रेमीमाथि यी म्यासेज पठाएको आरोप लगाएर आफूलाई मार्न चाहेको बताउँदै पुलिसमा उजुरी गरिन् । उनको यो हर्कतले उनका पूर्व प्रेमीको जीवन पूरै बर्बाद गरिदियो ।

२० वर्षकी कोर्टनी आयरल्याण्ड एन्सवर्थ नामकी यी युवतीको गत वर्ष २२ वर्षका प्रेमी लुइस जोलीसँग झगडा भएको थियो । विवादपछि कोर्टनी आफैंले जोलीलाई छोडिदिइन् । बेलायतको लिभरपुलमा बस्ने कोर्टनीले जोलीलाई त छोडिन् तर उनको पिछा छोडिनन् । उनले जोलीलाई फसाउनको लागि निकै घिनलाग्दो षड्यन्त्र रचिन् । उनको यो योजनाले जोलीको जीवन पूरै बर्बाद गरिदियो ।

डेलीमेलमा प्रकाशित एक रिपोर्टअनुसार कोर्टनीले जोलीलाई जेलमा हाल्ने षड्यन्त्र अनुसार ३० वटा फर्जी इन्स्टाग्राम अकाउन्ट बनाइन् । त्यसपछि उनले ती इन्स्टाग्राम अकाउन्टबाट आफूलाई धम्कीपूर्ण म्यासेज पठाउन थालिन् । उनले आफूलाई चक्कु हानेर हत्या गर्ने जस्ता धम्कीपूर्ण म्यासेज पठाएकी थिइन् । यतिमात्र होइन उनले जोलीमाथि आफूलाई पिछा गरेको, अश्लील कमेन्ट गरेको, उत्पीडन गरेको जस्ता आरोप लगाउँदै पुलिसको अगाडि उपस्थित भएर बयान समेत दिइन् । जबकि जोलीले यी कुनै काम गरेकै थिएनन् ।

कोर्टनीले गम्भीर अपराधको आरोप लगाउँदै उजुरी दिएपछि जोलीलाई पुलिसले ६ पटक गिरफ्तार गर्यो । ८१ घण्टासम्म उनले हिरासतमा बिताउनु पर्यो । उनले रातभरीको रिमाण्डसहित हिरासतमा बिताउनु परेको थियो । यो सब घटना भएपछि जोलीले आफूले गरिरहेको जागिर पनि गुमाए । उनलाई इलेक्ट्रोनिक ट्याग लगाएर आफ्नै घरमा नजरबन्दमा समेत राखियो ।

यो सबै सहेर पनि लुइस जोलीले कोर्टनीले लगाएका कुनै पनि आरोप स्वीकार गरेनन् । बरु उनले आफूमाथि झुटो आरोप लगाइएको दावीसहित उल्टै अर्को मुद्दा हालिदिए । लुइस जोलीको मुद्दाको सुनुवाइमा न्यायाधीशले जोलीले पठाएको भनिएका कथित म्यासेजको जाँच गर्न आदेश दिए । म्यासेज रिकभर हुन केही समय लाग्यो तर यो अवधिमा जोली डिप्रेसन ग्रस्त भइसकेका थिए । यद्यपि उनको उजुरीले सफलता भने पायो ।

जाँचमा धम्कीपूर्ण म्यासेज पठाइएका इन्स्टाग्राम खाता कोर्टनीकै मोवाइलबाट बनाइएका थिए । सबैजसो खाताको आइपी (इन्टरनेट प्रोटोकल) एउटै थिए । त्यसपछि कोर्टनीले आफैंलाई आफैंले धम्कीपूर्ण म्यासेज पठाएको खुलासा भयो । सोधपुछमा कोर्टनीले आफ्नो अपराध स्वीकार गरिन् । कोर्टनीको यो षड्यन्त्रमा उनका नयाँ ब्वायफ्रेण्ड पनि संलग्न थिए । कोर्टनीले आफ्नी आमालाई पनि झुक्याएर जोलीविरुद्ध पुलिसलाई फोन गराएकी थिइन् ।

यो सबै घटनापछि जोलीले न्याय त पाए तर उनको मानसिक स्वास्थ्यमा निकै खराब असर परिसकेको छ । उनी डिप्रेसनबाट ग्रस्त भइसकेका यो सबै घटनापछि जोलीले न्याय त पाए तर उनको मानसिक स्वास्थ्यमा निकै खराब असर परिसकेको छ । उनी डिप्रेसनबाट ग्रस्त भइसकेका छन् । उनको जागिर पनि गयो र उनी जेलमा पनि बस्नु पर्यो । उनले गर्दै नगरेको दोषमा उनी जेलमा बसे । न्यायाधीशले आफ्नो अन्तिम फैसलामा भनेका छन् ‘म जोली र उनको परिवारप्रति धेरै सहानुभूति व्यक्त गर्दछु जो उनले भोगेका छन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *