भारतमा कोभिड ग्राफ निरन्तर बढ्दो, महाराष्ट्रमा सबैभन्दा बढी संक्रमितको मृत्यु
Coronavirus on scientific background
नयाँ दिल्ली। भारतमा कोभिड ग्राफ निरन्तर उकालो लागेको छ। पछिल्लो २४ घन्टामा लाख ७१ हजार जनामा संक्रमण देखिएको छ। यो अवधिमा कोभिडका कारण ३१४ जनाको मृत्यु भएको छ । नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढिरहेको छ।
भारतको २८ राज्यका ७ हजार ७४३ जनामा ओमिक्रोन देखिएको छ। कूल संक्रमितको ४ दशमलब १८ प्रतिशत संक्रीय संक्रमित छन्। पछिल्लो सातामा दक्षिणी राज्य केरला, महाराष्ट्र र पश्चिम बंगाल कोभिडबाट प्रभावित छ । पछिल्लो २४ घन्टामा मृत्यु भएकामध्ये १०६ जना केरलाका छन्। त्यस्तै, पश्चिम बंगालमा ३९ जनाको मृत्यु भएको छ।
अहिलेसम्म कोभिडबाट महाराष्ट्रमा एक लाख ४१ हजार ७७९ जनाको र केरलामा ५० हजार ६७४ जनाको मृत्यु भएको छ। त्यस्तै, कर्नाटकमा ३८ हजार ४१८, तमिल नाडुमा ३६ हजार ९६७ र दिल्लीमा २५ हजार ३३५ जनाको मृत्यु भएको छ। त्यसैगरी, उत्तर प्रदेशमा २२ हजार ९५३ र पश्चिम बंगालमा २० हजार ५२ जनाको मृत्यु भएको छ।







डिसी नेपाल







Facebook Comment