च्यासल युथ क्लबका १९ खेलाडीलाई कोरोना, पुलिसविरुद्धको खेल स्थगित

डिसी नेपाल
२ माघ २०७८ १५:०४

काठमाडौं।नेपाल पुलिस क्लबविरुद्ध आज खेल्दै गरेको च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना देखिएपछि अपरान्ह पौने ५ बजे तय खेल स्थगित भएको छ ।

यसअघि प्रि–म्याचमा च्यासलका सहायक प्रशिक्षक आशीष राना मगरले डिफेन्डर कमल श्रेष्ठ र गोलकिपर प्रदीप भण्डारीलाई कोरोना देखिएको बताएका थिए । त्यसपछि गरिएको अन्य खेलाडीको रिपोर्टसमेत पोजिटिभ आएपछि खेल स्थगित गरिएको हो ।

पुलिस आठ खेलमा सात अंक जोडेर ११औं र च्यासल आठ खेलमा पाँच अंक जोडेर १३औं स्थानमा छ । ए डिभिजन लिग कोरोनाको कारण स्थगित भएको पहिलोपटक हो । स्थगित खेल कहिले हुने त्यो भने बताइएको छैन




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *