अमेरिकामा यहुदीहरुलाई बन्धक बनाएर पाकिस्तानी वैज्ञानिकको रिहाइ माग्ने व्यक्ति बेलायती
काठमाडौं। अमेरिकाको टेक्सस राज्यको ड्यालसमा यहुदी पुजास्थलमा चार जना मानिसहरुलाई बन्धक बनाउने व्यक्तिको अमेरिकाको संघीय जाँच ब्युरो (एफबीआइ)को कारवाहीमा मृत्यु भएको छ । एफबीआइले यी व्यक्ति ४४ वर्षका बेलायती नागरिक मलिक फैसल अकरम भएको बताएको छ ।
शनिबार कोलिभिलेमा बिहानको प्रार्थनाको समयमा यी व्यक्तिले मानिसहरुलाई बनधक बनाएका थिए । त्यसपछि पुलिससँग चलेको १० घण्टा लामो मुठभेडमा यी व्यक्तिको गोली लागेर मृत्यु भयो । सबै बन्धकहरुलाई सुरक्षित छुटाइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई आतंकी कृत्य भनेका छन् । बेलायतले पनि आक्रमणको निन्दा गरेको छ ।
बेलायतका विदेश मन्त्री लिज ट्रसले यसलाई आतंकवाद र यहुदी विरोधीसँग जोड्दै भने ‘हामी घृणा फैलाउनेहरुविरुद्ध आफ्ना नागरिकको अधिकार र स्वतन्त्रता रक्षामा अमेरिकाको साथमा छौं । ड्यालस एफबीआइका अनुसार यो षड्यन्त्रमा अकरम बाहेक अरुको संलग्नता देखिएको छैन । अकरमका भाइ मलिक फैसलले माफी माग्दै एक बयान जारी गरेका छन् जसमा उनले अकरम मानसिक रुपले पीडित भएको बताएका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment