बीच उडानमा पाइलटले भने ‘मेरो ड्युटी सकियो, विमान उडाउँदिन’, यात्रुले पनि ओर्लिन मानेनन्
काठमाडौं। आइतबार एक जना पाइलटले आफ्नो ड्युटी समय सकिएको भन्दै विमान उडाउन अस्वीकार गरे । त्यसपछि आक्रोशित यात्रुले पनि विमानबाट ओर्लिन अस्वीकार गर्दै प्रदर्शन गरेका छन् । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआइए)को साउदी अरबको राजधानी रियादबाट पाकिस्तानको राजधानी इस्लामाबाद आउने जहाजका पाइलटले आफ्नो ड्युटीको समय सकिएको भन्दै विमान उडाउन अस्वीकार गरेका हुन् ।
पाकिस्तान इन्टरनेशनल एयरलाइन्स प्रशासनलाई उद्धृत गर्दै पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्युनले जनाएअनुसार पीके–९७५४ विमान रियादबाट त उड्यो तर खराब मौसमका कारण साउदीकै अर्को सहर दम्मममा आकस्मिक अवतरण गरियो । त्यसपछि मौसम सफा भएपछि विमान इस्लामाबाटको लागि उड्नुपर्ने थियो । तर, विमान त्यहाँसम्म ल्याएका पाइलटले आफ्नो ड्युटीको समय सकिएको भन्दै विमान उडाउन अस्वीकार गरे ।
क्याप्टेनको यो कुराले आक्रोशित यात्रुले उनको विरोधमा विमानबाट ओर्लिन अस्वीकार गरे । स्थिति नियन्त्रणमा लिनको लागि एयरपोर्ट सुरक्षाकर्मी बोलाउनु परेको थियो । पीआइएका एक प्रवक्ताले भने ‘उडानको सुरक्षाको लागि उडानभन्दा पहिले पाइलटहरुलाई उचित आराम दिनु जरुरी हुन्छ त्यसैले यही हिसाबले व्यवस्था गरिएको थियो ।’ उनले यात्रुहरु आइतबार राती ११ बजे इस्लामाबादमा ओर्लिने बताए ।
यसअघि पीआइएको सीधा साउदी अरबको लागि विमान सेवा थिएन । नोभेम्बरमा पीआइएले साउदी अरबको लागि उडानको विस्तान गर्ने घोषणा गरेको थियो । प्रवक्ताका अनुसार पीआइएका उडानहरु इस्लामाबाद, कराची, लाहोर, मुल्तान र पेशाबरबाट उड्नेछन् ।







डिसी नेपाल







Facebook Comment