चीनका राष्ट्रपति शी जिनपिङले दिए ‘भीषण परिणाम’को चेतावनी
काठमाडौं। चीनका राष्ट्रपति शी जिनपिङले सोमबार दावोस वर्ल्ड इकोनोमिक फोरमको बैठकमा ‘वैश्विक टकरावको भीषण परिणाम’ हुन सक्ने चेतावनी दिएका छन् । कोरोना महामारीका कारण वर्ल्ड इकोनोमिक फोरमको यो बैठक भर्चुअल रुपमा भइरहेको छ । राष्ट्रपति शी जिनपिङले भने ‘इतिहास यो कुराको साक्षी छ कि टकरावबाट समस्याको हल निस्किँदैन ।’
राष्ट्रपति जिनपिङले कोरोना महामारीको असरसँग जुध्नको लागि साझा प्रयासको आवश्यकता औंल्याए । उनले मानवता महामारीबाट बाहिर निस्किने अपेक्षा व्यक्त गरे । उनले वैश्विक अथृव्यवस्थालाई अझै खराब हुनबाट रोक्नको लागि आर्थिक नीतिको प्रभावकारी समन्वयका लागि आह्वान गरे । जिनपिङले कोरोना महामारीबाट बाहिर निस्किने क्रममा चीनको सफलताबारे पनि उल्लेख गरे । उनले भने ‘चीन विश्वको एकमात्र यस्तो अर्थव्यवस्था हो जसले मजबुत नतिजा दिइरहेको छ ।
विश्वका प्रमुख शक्तिहरुबीचको सम्बन्धमा आएका कमजोरीतर्फ संकेत गर्दै उनले भविष्यप्रति सचेत बनाए । उनले चीन सबैलाई साथमा लिएर अघि बढ्ने नीतिमा विश्वास गर्ने बताए । उनले चेतावनीयुक्त शैलीमा देशहरुबीच ठोस समन्वय स्थापित गरिनुपर्ने आवश्इकता औंल्याउँदै समृद्ध देशहरुले जिम्मेवार आर्थिक नीति कार्यान्वयन गर्नुपर्ने बताए ताकि उनीहरुका गतिविधिले विकाशशील देशलाई नोक्सानी नहोस् ।
कोरोना महामारीको सुरुवातदेखि नै चीन जीरो कोभिड पोलिसीमा काम गरिरहेको छ । चीनको सीमा बाहिरी मानिसको लागि बन्द छ तर पूरै महामारीको क्रममा चीन पूरै विश्वका लागि उत्पादनको केन्द्र बनेको छ । आफ्नो सम्बोधनको क्रममा जिनपिङले विश्वले शताब्दीऔंमा एकपटक आउने महामारीसँग निकै कठिन लडाइँ लडिरहेको बताए । यो महामारी लामो समय चल्ने बताउँदै उनले भने ‘भाइरसका नयाँ भेरिएन्ट पहिलेको तुलनामा तीब्र रुपमा फैलिइरहेका छन् जसबाट वैश्विक अर्थव्यवस्थाको अगाडि चुनौती गहिरिएको छ ।’
जिनपिङले चेतावनी दिँदै भने ‘उद्योगहरुको लागि ग्लोबल सप्लाइ चेन अवरुद्ध भएको छ । वस्तुहरुको मूल्य तीब्र रुपमा बढिरहेको छ । ऊर्जाको आपूर्तिमा असर परेको छ । संरक्षणवाद र मनोमानी तरिकाले काम गरेर कसैको हित हुनेवाला छेन । यसबाट अन्त्यमा अरुको साथमा आफ्नै नोक्सान हुनेछ । हामीले कुनै टकरावबिना छलफलको बाटोमा अगाडि बढ्नुपर्छ ।’ राष्ट्रपति जिनपिङको यो बयान चीन र अमेरिकाबीच चलिरहेको राजनीतिक र व्यवसायिक तनावका बीच आएको हो ।







डिसी नेपाल







Facebook Comment