कानपुरमा भइरहेको चोरी अमेरिकामा लाइभ देखियो, आधा रातमा चोरको इन्काउन्टर – Dcnepal

कानपुरमा भइरहेको चोरी अमेरिकामा लाइभ देखियो, आधा रातमा चोरको इन्काउन्टर

काठमाडौं। भारतको कानपुर शहरको श्यामनगरमा सोमबार अबेर राती एउटा बन्द घरमाचोर पसे । घरका मालिक यतिबेला अमेरिकामा छन् । उनले कानपुरमा घरको सुरक्षाको लागि सीसीटिभी क्यामेरा जडान गरेका छन् । उनले सीसीटिभी फुटेरमा आफ्नो घरमा चोरहरु पसेको देखेपछि फोन गरेर कानपुर पुलिसलाई यसको सूचना दिए । पुलिसले घरलाई चारैतिरबाट घेरा हालेपछि चोरहरुले गोली चलाए । जवाफमा पुलिसले पनि गोली चलाउँदा एक जना चोरलाई गोली लागेको छ ।

कानपुरका विजय अवस्थीको श्याम नगरमा घर छ । उनी अमेरिकामा छन् । उनको घरमा ताला लागेको छ । घरमा सीसीटिभी क्यामेरा जडान गरिएको छ जसको माध्यमबाट उनी अमेरिकामै बसेर घरको रेखदेख गर्छन् । सोमबार आधा रातमा केही चोर घरमा पसे । अमेरिकामा त्यतिबेला दिउँसो थियो । विजयले मोवाइलमा आफ्नो घर हेर्दै थिए । उनले घरमा चोर पसेको देखेपछि फोन गरेर कानपुर पुलिसलाई यसको सूचना दिए ।

सूचना पाएपछि पुलिस तत्काल घटनास्थल पुग्यो र घरलाई घेरा हाल्यो । पुलिस देखेपछि चोरहरु घरबाट निस्केर भाग्न लागे । यस क्रममा चोर र पुलिसको मुठभेड भयो । जवाफी फयरिङमा पुलिसको गोली उक जना चोरलाई लाग्यो । यी चोर हमीरपुरको भएको बताइउको छ । उनलाई अस्पताल भर्ना गरिएको छ । डीसीपी प्रमोद कुमारका अनुसार चोरहरुले घरको ताला फुटाउन पाएका थिएनन् । घरको घरधनीका आफन्तले जाँच गरेका छन् ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो