टाट पल्टिन लागेको श्रीलंका फेरि अर्को गम्भीर संकटमा फस्यो

डिसी नेपाल
४ माघ २०७८ १५:२३
2.3k
Shares

काठमाडौं। आर्थिक संकटका कारण टाट पल्टिने अवस्थामा पुगेको श्रीलंका ऊर्जा संकटको मारमा पनि परेको छ । यसबाट पार पाउनको लागि श्रीलंकाले भारतसँग सहयोग मागेको छ । श्रीलंकाका विद्युतमन्त्री गामिनी लोकुगेले सोमबार श्रीलंकाले मौजुदा इन्धन र ऊर्जा संकटसँग जुध्नको लागि इण्डियन आयल कर्पोरेसनसँग छलफल गर्ने बताएका छन् । यो वार्ता मंगलबार हुँदैछ । मन्त्री लोकुगेका अनुसार इन्धन संकट समाधानको लागि इण्डियन आयल कर्पोरेसनको स्थानीय इकाइसँग छलफल गरिनेछ ।

भारतको प्रमुख तेल कम्पनी इण्डियन आयलको श्रीलंकाली सहायक कम्पनी लंका आइओसी २००२ देखि श्रीलंकामा कार्यरत छ । समाचार एजेन्सी पीटीआइका अनुसार श्रीलंकाली मन्त्रीले भनेका छन् ‘मैले आफ्ना अधिकारीहरुलाई मंगलबार इण्डियन आयलसँग छलफल सुरु गर्न भनेको छु । यदि आवश्यक परेको खण्डमा म पनि यो छलफलमा सहभागी हुनेछु ।’

मन्त्री लोकुगेका अनुसार २२ जनवरीसम्म लगातार विद्युत आपूर्ति सुनिश्चित गर्न सकिन्छ । त्यसअघि उनले भनेका थिए कि आपूर्ति १८ जनवरी सम्म मात्र सुनिश्चित गर्न सकिन्छ । श्रीलंकाका ऊर्जामन्त्री उदय गम्मनपिलाले भनेका थिए कि विद्युत उत्पादनको लागि आवश्यक डिजेल र फर्नेस आयलको निरन्तर आपूर्तिको विषयमा विद्युत मन्त्रालयसँग चर्चा गर्नुको कुनै अर्थ छैन ।

गम्मनपिलाले भनेका थिए ‘उनीहरुले आपूर्तिको लागि आफ्नो पैसा खर्च गर्नुपर्छ र जति आवश्यक छ त्यस हिसाबले पहिले नै अर्डर गर्नुपर्छ ।’ उनका अनुसार श्रीलंकन एयरलाइन्सले इन्धन आपूर्तिको भुक्तानी पनि आफ्नै डलरबाट गरेको थियो । श्रीलंका अहिले कम भइरहेको इन्धन भण्डारको साथै एक गम्भीर विदेशी मुद्रा संकटको सामना गरिरहेको छ । आयातको भुक्तानीको लागि डलरको अभावका कारण देश लगभग सबै आवश्यक वस्तुको कमीसँग जुधिरहेको छ ।

श्रीलंकाका पिक आवरमा लोडसेडिङ भइरहेको छ किनकि देशको विद्युत इकाइले इन्धन पाउन सकिरहेको छैन जसका कारण पर्याप्त विद्युत उत्पादन हुन सकिरहेको छैन । देशको इन्धन इकाइले तेल आपूर्ति बन्द गरेको छ किनकि विद्युत बोर्डले धेरै पटकको बिलको पैसा तिरेको छैन । देशको एकमात्र रिफाइनरीलाई कच्चा पदार्थ आयातको भुक्तानी गर्न नसक्ने भएपछि हालै बन्द गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *