अमेरिकामा ट्रेनअगाडि धक्का दिएर एसियाली महिलाको हत्या, आरोपीले भने ‘म भगवान हुँ’(भिडियो)
काठमाडौं। अमेरिकाको न्यूयोर्क सहरको टाइम्स स्क्वायर मेट्रो स्टेशनमा शनिबार एक व्यक्तिले ४० वर्षकी एक एसियाली महिलालाई गुडिरहेको ट्रेनअगाडि धक्का दिएर मारिदिएका छन् । धक्का दिने व्यक्तिलाई गिरफ्तार गरिएको छ ।
घटनाका बेला म्यानहट्टनको अपर वेस्ट साइडमा बस्ने मिशेल एलिसा गो प्लेटफर्ममा उभिएर ट्रेन आउने प्रतिक्षा गरिरहेकी थिइन् ।त्यही बेला अचानक उनलाई पछाडिबाट धक्का दिइयो र उनी ट्रेनको लिकमा लडिन् । उनी अगाडिबाट आइरहेको ट्रेनसँग ठोक्किइन् । घटनास्थल पुगेको पुलिसले उनी बेहोस भएको र गम्भीर चोट लागेको अवस्थामा फेला पारेको थियो ।
आहरोपीको पहिचान ६१ वर्षका साइमन मार्शलको रुपमा गरिएको सीएनएनले जनाएको छ । उनीविरुद्ध हत्याको अभियोगमा मुद्दा दर्ता गरिएको छ । घटनास्थलबाट भागेका उनले एक घण्टाभन्दा कम समयमै पुलिसको अगाडि आत्मसमर्पण गरेका थिए । मिडिया रिपोर्टका अनुसार आरोपी साइमन मार्शल मानसिक रुपमा अस्वस्थ छन् ।
(⚠️Vidéo choc)
Tentative de meurtre dans la station de métro Rogier à Bruxelles ce vendredi vers 19h40. pic.twitter.com/dT0ag5qEFu— Infos Bruxelles🇧🇪 (@Bruxelles_City) January 14, 2022
आरोपीले मिशेलले आफ्नो ज्याकेट चोरेका कारण धक्का दिएको दावी गरेका छन् । आरोपीको पुरानो आपराधिक रेकर्ड पनि छ । डकैतीको एक केसमा उनलाई २ वर्ष जेल सजाय भएको थियो । अगष्ट २०२१ मा उनी जेलबाट छुटेका थिए । के उनले नै एलिसाको हत्या गरेका हुन् भन्ने प्रश्नमा उनले भनेका छन् ‘हो, मैले मारेको हुँ । म भगवान हुँ । मैले यस्तो गर्न सक्छु ।’
एक प्रेस ब्रिफिङमा न्यूयोर्क सिटी पुलिस कमिश्नर किचंत सिवेलले यो घातक हमला कुनै कारण बिना गरिएको बताए । उनका अनुसार मृतक र आरोपीबीच यसअघि कहिल्यै कुनै किसिमको कुरा भएको थिएन । यी महिलालाई धक्का दिनुभन्दा पहिले आरोपी अर्की एक महिलाको नजिक पनि यही उद्देश्य लिएर गएका थिए । बचेकी महिलाले पुलिसलाई ती व्यक्तिले केही गलत गर्न लागेको आशंकामा आफू पर हटेपछि आरोपीले मिशेललाई धक्का दिएको बताएकी छिन् ।
न्यूयोर्क टाइम्सले आफ्नो एक रिपोर्टमा मृतक महिलाले कोही आफूमाथि हमला गर्न आइरहेको छ भन्ने देख्नै नपाएकोले उनले आफ्नो रक्षाको लागि केही गर्न असमर्थ भएको उल्लेख गरेको छ । एक प्रत्यक्षदर्शी मारिया कोस्टे वेबरले न्यूयोर्क टाइम्ससँग कुरा गर्दै आफूले एक व्यक्ति हात फैलाएर पटरीतर्फ दौडिँदै आएको देखेको बताइन् । उनका अनुसार सबै कुरा निकै छिटो भयो त्यसैले ती व्यक्तिले महिलालाई धक्का दिँदा उनले केही गर्न सकिनन् ।
Facebook Comment