अव्यवस्थित व्यवस्थापनको कारण झन् कोरोना फैलने डर

डिसी नेपाल
५ माघ २०७८ १०:१९

काठमाडौं। नयाँवानेश्वर स्थित सिभिल अस्पतालमा कोरोना विरुद्धको खोप हान्नेको भिड सयौँको संख्यामा रहेका छन्। केही दिन यता कोरोना संक्रमितको संख्या अत्याधिक बृद्धि भएसंगै खोप लगाउनेको संख्या पनि अत्याधिक बढेको छ।

सरकारले आइतबारबाट अग्रपंक्तिमा खटिएका विभिन्न निकायमा आवद्ध कर्मचारी,सुरक्षाकर्मी,स्वाथ्यकर्मी,पत्रकार लगाएतका मानिसहरुलाई तेस्रो डोज बुस्टर खोप दिन सुरु गरेको छ।

तर सरकारले तोकेको उपत्यकाको विभिन्न खोप केन्द्रमा तेस्रो डोज लाउने भन्दापनि पहिलो डोजको नलगाएका नागरिकहरु बिहान ४ बजे देखिनै लाईनमा बसिरहेका छन्।सिभिल अस्पतालमा सयौँको संख्यामा नागरिकहरु खोप हान्नका लागि बिहान ४ बजेदेखि नै लाईनमा बसेको बताउँछन्।

सरकारले २५ जनाभन्दा धेरै भिडभाड नगर्न निर्देशन दिइसकेको छ। तर खोप केन्द्रमा सयौँको संख्यामा लाईनमा बसिरहेका छन्।खोप हान्नेको अत्याधिक चाप भएपछि टोकनको व्यवस्था गरिएको सिभिल अस्पताल परिसरमा खटिएको एक प्रहरीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *