रुसले युक्रेनमाथि जुनसुकै आक्रमण गर्न सक्ने अमेरिकाको चेतावनी

डिसी नेपाल
५ माघ २०७८ १०:३०
128
Shares

काठमाडौं। रुसले युक्रेनको सीमामा ठूलो संख्यामा सैनिक पठाएको र उसले जुनसुकै बेला युक्रेनमाथि आक्रमण गर्न सक्ने ह्वाइट हाउसले चेतावनी दिएको छ । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले युक्रेनको अवस्था निकै खतरनाक बन्दै गएको बताइन् । साकीका अनुसार अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकनले यस विषयमा मंगलबार रुसी समकक्षी सर्गेइ लेवरोभसँग चर्चा गरेका छन् र दुवै नेताहरु छिटै जेनेभामा भेटघाट गर्ने विषयमा सहमत भएका छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार यो भेटघाट शुक्रबारको लागि तय गरिएको छ । यसअघि ब्लिंकनले युक्रेन र युरोपेली देशका प्रतिनिधिहरुसँग भेटघाट गर्दैछन् । जेन साकीले भनिन् ‘हामीले स्थिति निकै खतरनाक मानेका छौं । अहिले हामी त्यो अवस्थामा छौं जहाँ रुस कुनै पनि बेला युक्रेनमाथि आक्रमण गर्न सक्छ । आफ्ना समकक्षीसँगको चर्चामा विदेशमन्त्रीले विवादलाई कुटनीतिक तरिकाले हल गर्ने विषयमा जोड दिनुहुनेछ । अब रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी नागरिकले तय गर्नुपर्नेछ कि उनीहरु आर्थिक प्रतिबन्ध चाहन्छन् वा चाहँदैनन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *