भारतीय नौसेनाको युद्धपोतमा भएको विष्फोटमा मारिने सैनिकहरुको पहिचान जारी
काठमाडौं। भारतको मुम्बइस्थित नेवल डकयार्डमा मंगलबार भारतीय नौसेनाको युद्धपोत रणवीरमा भएको विष्फोटमा मारिएका सैनिकको विवरण नौसेनाले जारी गरेको छ । नौसेनाले बयानमा यो विष्फोटमा आफ्ना तीन जना सैनिकको मृत्यु भएको र ११ सैनिक घाइते भएको बताएको छ ।
बयानमा नौसेनाले भनेको छ ‘नेवल डकयार्ड मुम्बइमा एक दुर्भाग्यपूर्ण घटना भएको छ जसमा आइएनएस रणवीरको भित्री कम्पार्टमेन्टमा भएको विष्फोटमा ३ नौसैनिक घाइते भएका थिए त्यसपछि उनहिरुको मृत्यु भयो । जहाजको क्रुले तत्कार कार्यवाही गर्दै स्थितिमाथि नियन्त्रण गरेको छ । अन्य कुनै ठूलो नोक्सानीको खबर छैन ।’
Adm R Hari Kumar #CNS & all personnel of #IndianNavy extend heartfelt condolences to the families of Krishan Kumar MCPO I, Surinder Kumar MCPO II & AK Singh MCPO II, who succumbed to injuries in the unfortunate incident onboard INS Ranvir.
We stand by you in this difficult times. pic.twitter.com/yDp1rjTGoq— SpokespersonNavy (@indiannavy) January 19, 2022
नौसेनाको प्रवक्ताको टेवीटर ह्याण्डलमा यो घटनामा मारिएका सैनिकको तस्वीर ट्वीट गर्दै लेखिएको छ ‘नौसेना प्रमुख एडमिरल आर हरि कुमार र भारतीय नौसेनाका सबै कर्मीहरुले मारिएका सैनिकका परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।’ ट्वीटमा बताइएअनुसार मारिनेहरु एमसीपीओ वन कृष्ण कुमार, एमसीपीओ टु सुरिन्दर कुमार र एमसीपीओ टु एके सिंह हुन् ।
अधिकारीहरुका अनुसार घटना मंगलबार बेलुकी साढे ४ बजे भएको थियो । नोभेम्बर २०२१ मा क्रस कोस्ट अपरेशन तैनाथी अन्तर्गग इस्टर्न नेवल कमाण्डबाट आइएनएस रणवीरलाई पठाइएको थियो र उसले छिटै आफ्नो बन्दरगाहमा फर्किनुपर्ने थियो । रक्षा मन्त्रालयले एक बयान जारी गर्दै घटनाका कारणको जाँचको लागि एक बोर्ड गठन गरिएको बताएको छ ।







डिसी नेपाल







Facebook Comment