टाट पल्टिनबाट जोगिन श्रीलंकाले लियो कठोर र अप्रिय निर्णय, अन्तिम विकल्पको प्रयोग गर्‍यो – Dcnepal

टाट पल्टिनबाट जोगिन श्रीलंकाले लियो कठोर र अप्रिय निर्णय, अन्तिम विकल्पको प्रयोग गर्‍यो

Sri Lanka's presidential candidate of Sri Lanka Podujana Peramuna and former defence secretary Gotabaya Rajapaksa receives blessings at Ruwanweliseya Temple at Anuradhapura, Sri Lanka. 13 August 2019. Sri Lanka's main opposition party, Sri Lanka Podujana Peramuna named Nandasena Gotabaya Rajapaksa, brother of former president Mahinda Rajapaksa, a former defence chief who spearheaded a military campaign to end the country's long-running civil war. (Photo by Tharaka Basnayaka/NurPhoto via Getty Images)


काठमाडौं। चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले आफूलाई टाट पल्टिनबाट बचाउनको लागि निकै कठोर निर्णय लिएको छ । उनले आफूलाई बचाउनको लागि आफ्नो भण्डारमा रहेको सुन बेच्ने निर्णय गरेको छ । श्रीलंकाको केन्द्रीय बैंकका अनुसार उसले विदेशी मुद्रा भण्डार खाली हुन लागेपछि आफ्नो ‘गोल्ड रिजर्भ’को एक हिस्सा बेचिदिएको छ । श्रीलंकाका प्रमुख अर्थशास्त्री तथा केन्द्रीय बैंकका पूर्व डेप्युटी गभर्नर डा. डब्लु ए विजेवर्धनेले हालै एक ट्वीट गर्दै केन्द्रीय बैंकको गोल्ड रिजर्भ कम भएको बताएका थिए ।

उनले आफ्नो ट्वीटमा केन्द्रीय बैंकको गोल्ड रिजर्भ ३८.३ करोड डलरबाट घटेर १७.८ करोड डलरमा झरेको बताएका थिए । श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर निवार्ड क्याब्रालका अनुसार श्रीलंकाले आफ्नो गोल्ड रिजर्भको एक हिस्सा नगद विदेशी मुद बढाउनको लागि बेचेको हो । चीनसँग करेन्सी स्वाप (डलरको सट्टा एक अर्काको मुद्रामा व्यापार) पछि २०२१ को अन्त्यमा मात्र श्रीलंकाको केन्द्रीय बैंकले आफ्नो गोल्ड रिजर्भ बढाएको थियो ।

इकोनोमी नेक्स्टको एक रिपोर्टका अनुसार श्रीलंकाको केन्द्रीय बैंकसँग २०२१ को सुरुवातमा ६.६९ टन सुन थियो । जसमध्ये लगभग ३.६ टन सुन बेचिएको छ । यससँगै अब ऊसँग ३ देखि ३.१ टन सुन मात्र बाँकी छ । २०२० मा पनि केन्द्रीय बैंकले सुन बेचेको थियो । त्यो वर्षको सुरुवातमा श्रीलंकासँग १९.६ टन सुन थियो जसमध्ये १२.३ टन सुन बेचिएको थियो । श्रीलंकाले २०१५, २०१८ र २०१९ मा पनि सुन बेचेको थियो ।

गभर्नर क्याब्रालले सुनको बिक्री विदेशी मुद्राको भण्ठार बढाउनको लागि गरिएको बताए । उनले भने ‘जब विदेशी मुद्राको भण्डार कम हुन्छ हामी सुनको होल्डिङलाई कम गर्छौं । जव विदेशी मुद्राको भण्डार बढिरहेको थियो त्यतिबेला हामीले सुन किन्यौं । एक पटक जब विदेशी मुद्राको भण्डार ५ अर्ब डलरभन्दा अधिक हुनेछ त्यसपछि केन्द्रीय बैंकले सुनको होल्डिङ बढाउने विषयमा विचार गर्नेछ ।’

डा. डब्लु ए विजेवर्धनेले सुन बेचिएको विषयमा श्रीलंकाको अखबार डेली मिररसँग कुरा गर्दै श्रीलंकाको तुलना १९९१ को भारतसँग गरेका छन् । त्यतिबेला भारतले पनि टाट पल्टिनबाट बच्नको लागि सुन धितो राखेको थियो । उनले भने ‘सुन एक रिजर्भ हो जसलाई कुनै देश डिफल्टको संघारमा पुगेको अवस्थामा अन्तिम उपायको रुपमा उपयोग गरिन्छ । त्यसैले जब कुनै अर्को विकल्प नभए सुनको बिक्री संयमका साथ गरिनुपर्छ । भारतले पनि १९९१ मा आफ्नो सुन धितो राखेको थियो ।’

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो