सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश शर्माको निधन

डिसी नेपाल
५ माघ २०७८ १९:४७
80
Shares

काठमाडौँ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको ८८ उमेदमा आज निधन भएको छ। मिर्गौलाको समस्याबाट पीडित उनको आज कमलपोखरीस्थित निजी निवासमा निधन भएको हो।

सरकारी सेवामा २०१५ सालमा प्रवेश गरेका शर्मा २०१७ सालमा कानुन मन्त्रालयको शाखा अधिकृतबाट बढुवा भएर अदालतको न्यायाधीश भएर काम गर्दै २०५४ चैतदेखि २०५६ मङ्सिर ३० गतेसम्म नेपालको प्रधानन्यायाधीश भएर काम गरेका थिए।

स्व. शर्माका एक छोरा र एक छोरी छन्। छोरा क्यानडाबाट आएपछि अन्त्येष्टि गर्ने तयारी रहेको परिवार स्रोतले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *