नेपाली सेनाका मेजर शाही बर्खास्त, एक महिना कैद सजाय

डिसी नेपाल
६ माघ २०७८ ९:१८

काठमाडौं। नेपाली सेनाका सुदूरपश्चिम पृतना तालिम शिक्षालयका सेनानी (मेजर) अशोक शाही बर्खास्तमा परेका छन्। कात्तिक २१ गते मदिरा सेवन गरेर सैनिक आँचरण विपरित कार्य गरेको सर्वसाधारणलाई धम्क्याएको भन्दै उनलाई सैनिक ऐन अनुसार बर्खास्त र एक महिनाको कैद सजाय गरेको छ।

लम्कीचुहास्थित रुद्रध्वज गणको सुदूरपश्चिम पृतना तालिम शिक्षालयमा कार्यरत मेजर शाहीलाई भेट्न उनको परिवार ब्यारेकमै पुगेपछि उनले मदिरा सेवन गरेको र अत्याधिक मदिरा सेवनपछि उनी अनियन्त्रित भएकै कारण सेनाको प्रतिष्ठामा आँच आएकै कारण उनलाई सेवाबाट हटाएको हो।

२५ बाहिनीका बाहिनीपति सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले ३ पुसमा मेजर शाहीलाई सैनिक अनुशासन विपरीत कार्य गरेको ठहर गर्दै सेवाबाट बर्खास्त गरेको हो।

सेनाले २२ कात्तिकमा भएको यस घटनाको अनुसन्धानका लागि २५ बाहिनीकै महासेनानीको कमाण्डमा तत्काल कोर्ट अफ इन्क्वाइरी गठन गरेको थियो। सर्वसाधरणसँग लफडा गरेका मेजर शाहीको टाउकोमा चोट लागेको थियो। साथै उनको नीजि सवारी साधान पनि तोडफोड भएको थियो।

सेनाले गठन गरेको कोर्ट अफ इन्क्वाइरी टिमले स्थानीय, सेनाकै अधिकारी र इलाका प्रहरी कार्यालयका अधिकारीसँग लिएको बयान, उपलब्ध सबुतप्रमाण र मेजर शाहीको बयानपछि आफ्नो प्रतिवेदन बुझाएको थियो।

मेजर शाहीले चिसापानी बजारमा मदिरा सेवन गरेर सर्वसाधरणलाई हतियार ताकेको र हतियार ताकेपछि स्थानीय वासिन्दाले उनीमाथि कुटपीट गरेका थिए। कुटपीटपछि उनलाई प्रहरीलाई बुझाइएको थियो। प्रहरीले मेजर शाहीलाई सेनाको जिम्मा लगाएको थियो।

मेजर शाही नजिकको चिसापानी बजारमा आफ्नो वा ०१–००२६च ३४६१ नम्बरको गाडी चलाएर पुगेका थिए। उनले त्यहाँ पुग्नुअघि ब्यारेकमै अत्याधिक मदिरा सेवन गरेको र चिसापानीस्थित लुक होटलका जानुपर्नेमा हर्कबहादुर रावलले संचालन गरेको संगम होटल पुगेर ग्राहक र सर्वसाधरणसँग झगडा गरेको कारण उनको कमजोरी देखिएको भन्दै सेवाबाटै बर्खास्त गरिएको सेनाले जनाएको छ।

अत्याधिक मदिरा सेवन गरेका कारण होटलको पहिचान गर्न नसक्ने अवस्थामा रहेको र हतियार बोकेर हिडेकै कारण उनलाई जागिरबाट बर्खास्त गर्नुपरेको सेनाले जनाएको छ। हाल उनी कैद मुक्त भएर घर गइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *