भारतमा एकै दिन ३ लाख १७ हजार कोभिड संक्रमित
नयाँ दिल्ली। भारतमा एकै दिन तीन लाख १७ हजार जनामा कोभिड देखिएको छ। यो संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमितको संख्या दिनहँु बढेको छ।
भारतका २९ ओटै राज्यमा ओमिक्रोन देखिएको छ। अहिलेसम्म आठ हजार २०९ जनामा ओमिक्रोन देखिएको छ।
सबैभन्दा बढी महाराष्ट्रमा ओमिक्रोन संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा कोभिडबाट ४४१ जनाको मृत्यु भएको छ।कोभिड संक्रमित बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment