मुम्बइमा २० तले भवनमा भीषण आगलागी, कम्तीमा ७ जनाको मृत्यु
काठमाडौं। भारतको मुम्बइको तारदेवमा भाटिया अस्पताल नजिकै रहेको २० तलाको भवनमा आगो लागेको छ । कमला भवनको १८ औं तलामा शनिबार बिहान आगो लागेको हो । बृहन्मुम्बइ म्युनिसिपल कर्पोरेसनले समाचार एजेन्सी एएनआइलाई बताएअनुसार घटनामा ७ जनाको मृत्यु भएको छ ।
समाचार एजेन्सी एएनआइका अनुसार घाइतेहरुलाई भाटिया अस्पतालमा भर्ना गरिएको छ । समाचार एजेन्सी पीटिआइका अनुसार १५ जनालाई सास फेर्न समस्या भएका कारण अस्पतालमा भर्ना गरिएको छ । घटनास्थलमा ५ एम्बुलेन्स र दमकलका १३ गाडीहरु तैनाथ गरिएको बताइएको छ ।
बीएमसीका एक अधिकारीले पीटीआइसँग भने ‘यो २० तले भवन हो । आगो यसको १८ औं तलामा लाग्यो । दमकलका गाडी र पुलिस घटनास्थल पुगेका छन् । १३ दमकल गाडी र ७ पानीका जेट पठाइएका छन् । राहत र उद्धार कार्य जारी छ ।’ आगो लाग्नुको कारण स्पष्ट भएको छैन ।







डिसी नेपाल







Facebook Comment