खोपमा पक्षपातरहित पहुँच बढाउनुपर्नेमा नेपालको जोड
काठमाडौं। नेपालले कोभिड–१९ को विश्वव्यापी महामारीबाट उत्थानशील पुनर्लाभ पाउन खोपमा पक्षपातरहित पहुँच बढाउनुपर्नेमा जोड दिएको छ ।
‘संयुक्त राष्ट्रसङ्का महासचिवका सन् २०२२ का प्राथमिकताहरू’ विषयमा राष्ट्रसङ्घीय महासभाको शुक्रबारको अनौपचारिक बैठकमा नेपालले महामारी पूर्वको अवस्थामा विश्वलाई फर्काउन खोपमा न्यायपूर्ण पहुँच सुनिश्चित गर्न अपरिहार्य भएको बताएको हो ।
बैठकमा संयृुक्त राष्ट्रसङ्का लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले विश्वव्यापी महामारीबाट उत्थानशील पुनर्लाभका लागि खोप महत्वपूर्ण रहेको उल्लेख गर्दै संसार धनमा गरिब नभएर नैतिक शक्ति बाँडफाँटको न्यायमा गरिब रहेको बताए।
सामाजिक सञ्जालमा राजदूत राईले लेखेका छन्– विश्वव्यापी महामारीबाट उत्थानशील पुनर्लाभ हासिल गर्न खोपमा न्यायपूर्ण पहुँच महत्वपूर्ण छ, संसार धनमा गरिब छैन तर नैतिक बल बाँडफाँटको न्यायमा गरिब छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment