बिटक्वाइनको मूल्य ऐतिहासिक रुपमा धराशायी, एक झट्कामा खरबौं डलरको नोक्सानी
काठमाडौं। बिटक्वाइनको मूल्यमा भारी गिरावटको सिलसिला जारी छ । बिटक्वाइनको मूल्य भारी गिरावटका साथ शनिबार ३४,०४२ डलरसम्म झरेको छ । बिटक्वाइनको मूल्य गएको नोभेम्बर महिनामा ६९,००० डलरसम्म पुगेको थियो । पछिल्लो ३ महिनामा बिटक्वाइनको मूल्य ऐतिहासिक रुपमा धराशायी भएर आधामा झरेको छ ।
यससँगै बिटक्वाइनमा लगानी गर्नेहरुको सम्पत्ति नोभेम्बरदेखि अहिलेसम्म आइपुग्दा आधा घटेको छ । विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीको मूल्यमा आएको यो भारी गिरावतका कारण यसको मार्केट भ्यालुमा करिब ६ खर्ब डलर कमी आएको छ भने पूरै क्रिप्टो मार्केटको भ्यालुएसनमा १० खर्ब डलर गिरावट आएको छ । बिटक्वाइन र पूरै क्रिप्टो मार्केटमा यो डलर टर्ममा अहिलेसम्मको दोस्रो ठूलो गिरावट हो ।
क्वाइन मार्केट क्यापका अनुसार पछिल्लो ७ दिनमा बिटक्वाइनको मूल्यमा १८.१५ प्रतिशत गिरावट आइसकेको छ । पछिल्लो समय बिटक्वाइन ३५,३२४.४६ डलर मूल्यमा ट्रेण्ड गरिरहेको छ । एथेरमको मूल्य १,५०० डलरभन्दा तल झरिसकेको छ । यसको मूल्य पछिल्लो ७ दिनमा करिब २६ प्रतिशतले घटेर २,४६०.९४ डलरमा झरेको छ । बिनान्सेमा पछिल्लो ७ दिनमा २४.१७ प्रतिशत गिरावट आएको छ र ३७४.८५ डलरमा झरेको छ । सोलाना एक हप्तामा ३४.६९ प्रतिशत गिरावटका साथ ९६.८२ डलरमा झरेको छ ।
मीम बेस्ड क्रिप्टोकरेन्सी डगक्वाइनको मूल्य ०.१४ डलरभन्दा तल झरेको छ । यो अप्रिल २०२१ पछिको यसको सबैभन्दा तल्लो स्तर हो । अभालान्चेमा एक हप्तामा ३२.७७ प्रतिशत गिरावत आएको छ र यो ६२.१३ डलरमा छ । यही बीच एल साल्भाडोरका राष्ट्रपति नयिब बुकेलेले उनको देशले यो गिरावटमा धेरै बिटक्वाइन किनेको बताएका छन् । बिकेलेलाई गिरावटको बीचमा बिटक्वाइन किन्ने व्यक्तिको रुपमा चिनिन्छ । उनले ट्वीट गरेका छन् ‘केही मानिसहरुले साँच्चै धेरै सस्तोमा बेचिरहेका छन् ।’







डिसी नेपाल







Facebook Comment