रोटरी क्लब अफ धनगढीद्वारा मास्क हस्तान्तरण

डिसी नेपाल
९ माघ २०७८ १९:१७

काठमाडौँ। रोटरी क्लब अफ धनगढीले आज धनगढी उपमहानगरपालिकालाई ३० हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेको छ । क्लबले कोभिड–१९ को सङ्क्रमणबाट बच्न ‘अनिवार्य मास्क लगाऔँ’ भन्ने उद्देश्यले उपमहानगरपालिकालाई मास्क हस्तान्तरण गरेको रोटरी क्लब अफ धनगढीका अध्यक्ष दीपक उपाध्यायले जानकारी दिए।

उनले उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडलाई मास्क हस्तान्तरण गरे। अध्यक्ष उपाध्यायले बढ्दो कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायतका लागि मास्क हस्तान्तरण गरिएको बताए । उपमहानगरप्रमुख वडले रोटरी क्लबले पहिलो तथा दोस्रो कोभिड–१९ महामारीका बेला धेरै मानवीय सेवा गरेको स्मरण गर्दै तेस्रो लहरमा समेत अग्रपङ्क्तिमा रही कार्य गर्दै आइरहेकामा क्लबप्रति प्रशंसा व्यक्त गरे ।

उपमहानगरपालिकाभित्र अनिवार्य मास्क अभियानअन्तर्गत सम्पूर्ण नागरिकलाई मास्कको उचित प्रयोग गर्न आग्रह गर्दै प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्नसमेत नगरवासीहरुलाई उनले आग्रह गरे। मास्क हस्तान्तरण कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष प्रकाशचन्द्र भट्ट, उपमहानगरपालिकाका स्वास्थ्य शाखाप्रमुख कृष्णबहादुर बोहरालगायतको सहभागिता थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *