अमेरिकाद्वारा युक्रेनस्थित दूतावासका कर्मचारीका परिवारलाई देश छोड्न निर्देशन
किभ। अमेरिकाले युक्रेनस्थित अमेरिकी दूतावासमा रहेका आफ्ना कर्मचारीका परिवारलाई त्यहाँ छोड्न निर्देशन दिएको छ । अमेरिका —युक्रेनबीच अमेरिकी विदेश मन्त्रालयले त्यस्तो निर्देशन दिएको हो।
युक्रेनमा रहेका अन्य अमेरिकी नागरिकहरुलाई पनि देश छोड्ने बारे मनस्थिति बनाउनसमेत विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आग्रह गरिएको छ।
रसियाले युक्रेनमाथि सैन्य कारबाहीको तयारी गरेको अमेरिकाले दाबी गर्दै आएको छ। तर, रसियाले भने अमेरिकी दाबी अस्वीकार गर्दै आएको छ। एक सातादेखि रसियासँगको सीमामा एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ।
रसियाले यसअघि पनि युक्रेनी भूभाग कब्जा गरेको थियो। सन् २०१४ मा युक्रेनको महत्वपूर्ण भाग क्रिमिया रसियमा बिलय भएको थियो। सो घटनापछि युक्रेनमा मस्को समर्थित राष्ट्रपति सत्ताच्युत भएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment