क्यामरुनमा नाइट क्लबमा आगो लाग्दा १६ जनाको मृत्यु

डिसी नेपाल
१० माघ २०७८ १०:०४
36
Shares

याओउन्डी। क्यामरुनको राजधानी सहर याओउन्डीस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तिमा १६ जनाको मृत्यु भएको छ।

आगलागीमा आठ जना घाईते भएका छन्। नाइट क्लबमा राखिएको पटका पड्किदा आगो लागेको हो। पट्काबाट सल्किएको आगो केही मिनेटमा क्लबभर फैलिएको थियो।

घटनाबारे सरकारले अनुसन्धान सुरु गरेको छ। बिस्फोटमा मृत्यु भएका व्यक्तिका आफन्तप्रति राष्ट्रपति पाउल वियाले गहिरो समवेदना व्यक्त गरेका छन्।

आगलागीमा जलेकामध्ये केहीको अवस्था गम्भीर रहेको प्राप्त विवरणहरुमा जनाइएको छ । क्यामरुनमा यसअघि पनि नाइट क्लबमा आगो लाग्दा क्लबमा रमाउन गएका मानिसहरुको जलेर मृत्यु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *