भारतमा घट्दै कोभिड संक्रमित

डिसी नेपाल
१० माघ २०७८ १०:१८
704
Shares

नयाँ दिल्ली। भारतमा कोभिड संक्रमितको संख्या दोस्रो दिन पनि घटेको छ। पछिल्लो २४ घन्टामा तीन लाख नयाँ संक्रमित भेटिएका छन्। यो अघिल्लो दिनको तुलनामा ३३ हजारले कमि हो । अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले संक्रमण घटेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतमा अझै पनि कूल संक्रमितको ५ दशमलव ६९ प्रतिशत सक्रीय संक्रमित छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४३९ जनाको संक्रमणबाट मृत्यु भएको छ । संक्रमितमध्ये ६० प्रतिशत खोप नलगाएका वा एक मात्र खोप लगाएका भएको बताइएको छ।

संक्रमण बढेपछि सरकारले खोप अभियानलाई तीव्र पारेको छ। अहिलेसम्म ७२ प्रतिशतले पूर्ण खोप लगाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *