तालिबान र पश्चिमी देशका अधिकारीहरुबीच आज वार्ता हुँदै
काठमाडौं। तालिबानका सदस्यहरुले नर्वेमा पश्चिमी देशका अधिकारीहरुसँग आज बैठक गर्दैछन् । अफगानिस्तानमा आफ्नो नियन्त्रण हासिल गरेपछि तालिबानी सदस्यहरुको पश्चिमी देशका अधिकारीहरुसँग हुने यो पहिलो वार्ता हो । यो तीन दिवसीय बैठकमा मानवअधिकार र मानव त्रासदी जस्ता मुद्दाहरुमा खास रुपमा चर्चा हुने अपेक्षा गरिएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार अफगानिस्तानमा करिब ९५ प्रतिशत जनतासँग पर्याप्त खाना छैन । युरोपमा केही मानिसहरुले भने तालिबानसँग हुने यो वार्ताको विरोध पनि गरिरहेका छन् । केही स्थानहरुमा प्रदर्शन पनि भइरहेका छन् । प्रदर्शन गरिरहेका व्यक्तिहरुले तालिबानसँग बैठक गरेर उनीहरुलाई प्राथमिकता दिइनु नहुने बताएका छन् ।
आइतबार तालिबान सदस्यहरुले मानवअधिकार कार्यकताृहरुसँग पनि भेट गरे । यद्यपि उनीहरुबीच कुन मुद्दामा कुरा भयो र के कुरा भयो भन्ने विषयमा विस्तृत जानकारी आएको छैन । एक महिलावादी कार्यकर्ता जमिला अफगानीले एएफपीसँग कुरा गर्दै वार्तामा राम्रो सम्भावना देखेको बताएकी छिन् । उनले भनिन् ‘हेरौं अगाडि उनीहरु के गर्छन् जस्तो उनीहरुले गर्छौं भनेका छन् ।
सोमबार हुने तालिबान सदस्य र युरोपेली अधिकारीहरुको बैठक सबैभन्दा अहम हुने मानिएको छ । तालिबानले त्यो अरबौं डलर रकम दिनको लागि आग्रह गर्ने अपेक्षा गरिएको छ जुन रकम अमेरिका र युरोपेली देशहरुले फ्रिज गरिदिएका छन् ।







डिसी नेपाल







Facebook Comment