युक्रेनस्थित अमेरिकी दूतावासका कर्मचारीका परिवारलाई देश छोड्न आदेश
काठमाडौं। अमेरिकाले युक्रेन क्षेत्रमा बढ्दो तनावका बीच त्यहाँ रहेको आफ्नो दूतावासका कर्मचारीका परिवारलाई स्वदेश फर्किन आदेश जारी गरेको छ । अमेरिकी विदेश मन्त्रालयले यसका साथै ती स्टाफ सदस्यलाई पनि युक्रेन छोड्न अनुमति दिएको छ जो अहिले युक्रेनमै उपस्थित हुनु जरुरी छैन । साथमा अमेरिकाले अन्य कुनै प्रयोजनले युक्रेनमा बसिरहेका आफ्ना नागरिकलाई पनि त्यहाँबाट निस्किने विषयमा विचार गर्न भनेको छ ।
एक बयानमा भनिएको छ ‘यस्ता रिपोर्टहरु थिए कि रुस युक्रेनमाथि सैन्य कारवाहीको योजना बनाइरहेको छ । यो रिपोर्टलाई ध्यानमा राख्दै यो आदेश जारी गरिएको हो ।’ यद्यपि रुपले यी दावीहरुलाई सुरुदेखि नै अस्वीकार गर्दै आक्रमणको दावीको खण्डन गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयको तर्फबाट जारी एडभाइजरीका अनुसार ‘यस्ता रिपोर्ट छन् कि रुस युक्रेनविरुद्ध ठूलो सैन्य कारवाही गर्ने योजना बनाइरहेको छ ।’ जारी गरिएको यो एडभाइजरीमा सुरक्षाको हिसाबले परिस्थितिहरु निकै अप्रत्याशित भएको बताउँदै केवल एक सानो सूचनाका साथमा स्थिति भयावह हुन सक्ने भनिएको छ ।
अहिलेको समयमा युक्रेनको सीमामा अनुमानित १ लाख रुसी सैनिक तैनाथ छन् । नेटोका प्रमुखले चेतावनी दिँदै यो तैनाथीले युरोपमा एक नयाँ संघर्षको खतरा भएको बताएका छन् । यही बीच बेलायत सरकारले आश्चर्यजनक रुपमा औपचारिक बयान जारी गर्दै रुसले युक्रेनको सत्तामा मस्को समर्थक नेतालाई ल्याउन चाहेको बताएको छ । बेलायतको यो बयान यस्तो समयमा आएको छ जतिबेला युक्रेनका विषयमा क्षेत्रमा तनाव बढिरहेको छ । बेलायतले यदि रुसले सैन्य कारवाही गरे यसको गम्भीर परिणाम हुन सक्ने चेतावनी दिएको छ ।







डिसी नेपाल







Facebook Comment