२६ वर्षका छोरालाई सधैं पिठ्युँमा बोकेर किन घुमिरहन्छिन् यी महिला ?
काठमाडौं। अस्ट्रेलियाको पर्थमा बस्ने २६ वर्षका जिमी अन्तरमले विश्वका धेरै ठाउँहरु पुगेका छन् तर उनले ती ठाउँहरु आफ्ना आँखाले भने देखेका छैनन् । उनले आफ्नी आमाको पिठ्युँमा बसेर यसलाई महसुस गरेका छन् । खासमा जिकी बाल्यकालदेखि नै दृष्टिविहीन छन् । त्यसैले उनकी आमा निकी अन्तरमले उनलाई आफ्नो पिठ्युँमा बोकेर विश्व भ्रमण गराइरहेकी छिन् ।
१७ वर्षको उमेरमा आमा बनेकी निकीले जब आफ्ना छोराले देख्न सक्दैनन् भन्ने थाहा पाइन् त्यसपछि उनले आफैंसँग बाचा गरिन् कि उनले छोरालाई विश्व भ्रमण गराउनेछिन् र आफ्नो आँखाले विश्व देखाउनेछिन् । निकी अहिले ४३ वर्षकी छिन् । उनले अब आफ्नो उमेर ढल्दै गएकोले जिमीलाई पिठ्युँमा बोकेर हिँड्न अब कठिन हुँदै गएको बताइन् ।
निकीलाई अहिले पनि जिमीलाई पिठ्युँमा बोकेर हिँड्दा धेरै थकाइ लाग्छ । यी दुईले अहिलेसम्म हवाइ, बाली र अस्ट्रेलियाका कैयौं ठाउँको यात्रा गरेका छन् । अब उनीहरु क्यानडा जाने योजना बनाउँदैछन् । निकीका अनुसार जिमीले जन्मदेखि नै देख्न सक्दैनन् । यसका साथै उनलाई अरु पनि केही शारीरिक समस्या छन् जसका कारण उनलाई २४ घण्टा हेरचाह गर्नुपर्छ । ह्वीलचेयर भए पनि निकी जिमीलाई त्यसमा राखेर यताउता हिँड्दिनन् ।
जिमी ६ महिनाका हुँदा उनलाई जिमीलाई मिर्गी पनि भएको थाहा भएको थियो । वर्षौंसम्म उपचार गरेपछि अन्ततः मिर्गीको औषधि बन्द गरियो । निकी भन्छिन् ‘जिमी मेरो प्रेरणा हुन् । म उनलाई हेर्छु उनी सधैं खुसी रहन्छन्, मुस्कुराउँछन् । उनी मलाई आफ्ना आँखाले देख्न सक्दैनन् तर मलाई विश्वास छ म उनका लागि त्यस्तै देखिन्छु जस्तो उनी सोच्छन् ।’







डिसी नेपाल







Facebook Comment