अफ्रिका कप अफ नेसन्स: गाम्बिया र क्यामरुन क्वाटरफाइनलमा

डिसी नेपाल
११ माघ २०७८ ६:५०

काठमाडौं। गाम्बिया र क्यामरुन अफ्रिका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। सोमबार राति भएको खेलमा घरेलु टोली क्यामरुनले १० खेलाडीमा सीमित कोमोरोसलाई २-१ ले पराजित गर्‍याे।

जितसँगै क्यामरुनले अन्तिम आठमा गाम्बियासँगको भेट पक्का गरेको छ। गए रातिनै भएको खेलमा गाम्बियाले गिनीलाई १-० ले पराजित गर्‍याे। गाम्बियाको जितमा मुसा बारोले खेलको ७१औं मिनेटमा निर्णायक गोल गरे। खेलमा दुबै टोली १० खेलाडीमा सीमित थिए। अब शनिबार हुने क्वाटरफाइनलमा यी दुई टोली भिड्ने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *