अचानक जमिन फाटेर चर्को आगो बल्न थाल्यो, स्थानीय त्रसित
काठमाडौं। अचानक जमिन फाटेर भित्रबाट चर्को आगो बल्न थालेपछि स्थानीयहरु त्रसित भएका छन् । स्कटल्याण्डको एरशायरमा एउटा पार्कनजिकै यो घटना भएको हो । घटनाका फोटो र भिडियो सामाजिक संजालमार्फत सार्वजनिक भएका छन् । भिडियोमा जहाँ जमिन फाटेको छ त्यहाँ भित्र चट्टान पग्लिरहेको देख्न सकिन्छ । उल्लेखनीय कुरा के भने स्कटल्याण्डमा अहिले अत्यन्तै चिसो छ र त्यहाँका धेरै ठाउँको तापक्रम शुन्य डिग्रीको आसपास छ ।
घटना सार्वजनिक भएपछि स्थानीय त्रसित बनेका छन् । स्थानीयलाई यसबाट मानिसहरुलाई खतरा हुन सक्ने डर छ । द सनको एक रिपोर्टअनुसार एक स्थानीयले भनेका छन् ‘महिले मैले बुझ्न सकेको थिइन कि यो खतरनाक छ । यहाँ जमिन भासिएर मानिसहरुको ज्यान पनि जान सक्छ । एक अर्का व्यक्तिले यो ठाउँलाई बिना निगरानी छोडिएको बताएका छन् । यहाँ नजिकै कोइला खानी रहेका कारण यो घटना भएको अनुमान गरिएको छ ।
एक व्यक्तिले बताएअनुसार नजिकैको कोइला खानीमा विगत साढे ३ वर्षदेखि आगो जलिरहेको छ । स्थानीयका अनुसार गर्मीको मौसममा नजिकको खानीका कारण स्थित निकै खरा हुन्छ । स्थानीय अधिकारीहरुले यो समस्याको बारेमा जानकारी भएको बताउँदै सम्बन्धित स्थानलाई सुरक्षित बनाउनको लागि एजेन्सीहरुसँग कुरा भइरहेको बताएका छन् ।







डिसी नेपाल







Facebook Comment